कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बनगाईस्थित कल्याणेश्वर शिवालय मन्दिर परिसरमा आयोजित दिव्य कृष्ण जन्मोत्सव तथा भजन सन्ध्या–२०८३ बाट संकलित साढे दुई लाख रुपैयाँभन्दा बढी रकम बाढी तथा दैवी प्रकोप पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । कल्याणेश्वर शिवालय मन्दिर समितिको आयोजनामा र शान्ति सिर्जना युवा नेपाल तथा हिमवत् प्रतिष्ठान नेपाल को सहआयोजनामा कृष्ण जन्माष्टमीको अवसरमा भजन सन्ध्या आयोजना गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय भजन गायक कृष्ण सुवेदी समूहको भजन प्रस्तुति, श्रीकृष्ण पूजन, भजन–कीर्तन, महाआरती तथा धार्मिक प्रवचन गरिएको थियो ।
ऋषिकेश उपाध्यायले कृष्णलीला र पं. टीकाराम पौडेलले हिन्दू परम्परा तथा संस्कारसम्बन्धी प्रवचन दिनुभएको थियो । धार्मिक आस्था र सांस्कृतिक संरक्षणसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको भजन सन्ध्याबाट तीन लाख ५० हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको र उक्त रकमबाट खर्च कटाएर दुई लाख ७१ हजार १ सय ७१ रुपैया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउनका लागि भजन सन्ध्या कार्यक्रम सम्पादन मूल समितिका संयोजक शिवचन्द्र आचार्य, सहसंयोजक दुर्गा के.सी. सचिव दामोदर ढकाल, शान्ति सिर्जना यूवा नेपालका अध्यक्ष दिपक कुँवर, अशोक वाग्ले, नवीन भूसाल, प्रकाश भुसाल, सूरज पौडेल, मान व. कार्की प्रकाश के.सी., रवि आचार्य, राजन खत्री, कमल गैरे, समाजसेवी रूक बहादुर भुसाल, क्या. गंगा बहादुर कार्की, ललिता क्षेत्री, विन्दु कार्की,अनिषा आचार्य, लालमणि घिमिरे , अर्जुन सुवेदी, कल्याणेश्वर मन्दिर समितिका अध्यक्ष दामोदर आचार्य , मन्दिरका पुजारी लिलाधर ज्ञवाली हिमवत प्रतिष्ठानको तर्फबाट कोषाध्यक्ष आशिष उपाध्याय,सचिव सागर हमाल, अमृत पौडेल, थानेश्वर ज्ञवाली , केशव खनाल, हरि घिमिरे लगाएतको भुमिका रहेको थियो ।
आयोजकले धार्मिक कार्यक्रमलाई मानवीय सेवासँग जोड्दै बाढी तथा प्राकृतिक विपत्तिमा परेका परिवारको सहयोगमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरेको छ ।




















