ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

Lumbini Darpan 2 २०८३ आश्विन ३, शनिबार १८:४४
[sharethis-inline-buttons]

कपिलवस्तुको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षको पहिलो कामको सुरुवात गरेको छ ।

समूहले गत भदौ ३१ गते सम्पन्न गरेको १४औँ वार्षिक साधारणसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि पारित गरेको कार्ययोजना अन्तर्गत संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि वन क्षेत्रमा झाडी सरसफाइको काम सुरु गरेको हो ।

चाडपर्व नजिकिँदै गरेको समयमा सुरु गरिएको यो कामले वन संरक्षण तथा संवद्र्धनसँगै उपभोक्तालाई रोजगारीको अवसर समेत दिएको छ । दशैं–तिहारको मुखमा रोजगारी पाएपछि उपभोक्तालाई चाडपर्व मनाउन सहज हुने भएकाले वन संवद्र्धनसँगै उपभोक्ताको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर झाडी सरसफाइको काम सुरु गरिएको वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी ‘सुसिल’ले बताउनुभयो ।

त्यस्तै, मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारीले पछिल्ला तीन वटा आर्थिक वर्षमा कटान भएका तीन वटा प्लटसँगै अग्निरेखामा समेत झाडी सरसफाइ तथा झाडी–बुट्यान हटाउने काम गरिने जानकारी दिनुभयो ।

झाडी सरसफाइका क्रममा कुन–कुन प्रजातिका बिरुवा हटाउने र कुन बिरुवालाई संरक्षण गर्ने भन्ने विषयमा उहाँले उपभोक्तालाई आवश्यक जानकारी समेत गराउनुभएको थियो ।

आफ्नै प्रत्यक्ष निगरानीमा श्रृङ्गिघाट सामुदायिक वनका १४ वटै मौजाका उपभोक्तालाई झाडी सरसफाइको काममा सहभागी गराई रोजगारी प्रदान गरिएको झाडी सफाइ कार्यक्रमका संयोजक विष्णु मल्लले जानकारी दिनुभयो ।

चाडपर्वको मुखमा सामुदायिक वनले वन संवद्र्धनसँगै आफूहरूलाई रोजगारीको अवसरसमेत दिएको भन्दै उपभोक्ताहरू खुशी भएका छन् । वन संरक्षणको काममा सहभागी भएर आम्दानी गर्ने अवसर पाएपछि दशैं–तिहार मनाउन थप सहज हुने उनीहरूको भनाइ छ ।

झाडी सरसफाइको कामको स्थलगत अनुगमनसमेत गरिएको छ । मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अहमद अन्सारी, श्रृङ्गिघाट सामुदायिक वनका उपाध्यक्ष बुद्ध बहादुर शाही, सचिव सुस्मा खाँण, सदस्य हरि पुन, लेखा समिति संयोजक गुरुदेव पौडेल एवम् टोल संयोजकहरूको टोलीले स्थलगत अनुगमन गर्दै झाडी सरसफाइका क्रममा ध्यान दिनुपर्ने विषयमा आवश्यक निर्देशन दिएको थियो ।

यस कार्यक्रमअन्तर्गत श्रृङ्गिघाट सामुदायिक वनका १४ वटै मौजाका करिब १४० जना उपभोक्ताले रोजगारीको अवसर पाएका छन् ।

चाडपर्वको मुखमा सुरु भएको झाडी सरसफाइ अभियानले एकातर्फ वन क्षेत्रको संरक्षण र संवद्र्धनमा टेवा पु¥याएको छ भने अर्कोतर्फ उपभोक्तालाई आफ्नै वनको संरक्षणमा सहभागी गराउँदै रोजगारीमार्फत आम्दानीको अवसरसमेत दिएको छ ।


प्रकाशित : २०८३ आश्विन ३, शनिबार १८:४४

Lumbini Darpan 2

लेखकबाट थप

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech