ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा अक्सिजन प्लान्ट बन्दै, १ हप्तामा १ हजारको पिसिआर गरिने, यस्ता छन् महत्वपुर्ण निर्णय

लुम्बिनी दर्पण २०७८ जेष्ठ २, आईतवार १७:०४

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालको लागत साझेदारीमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । नगरपालिकाको आज बसेको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कोरोना महामारीको संक्रमण तिब्र गतिमा वृद्धि भएकाले अक्सिजन प्लान निर्माण कार्यलाई यथाशिघ्र व्यबस्था गर्न वडा नं. ४ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय समित गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, वडा नं. ८ का वडाध्यक्ष गुणानिधि भुसाल, वडा नं.९ का वडाध्यक्ष धुर्व बेलबासे र सदस्य सचिव प्रशासन शाखा प्रमुख केशवराज भट्राई रहेका छन् ।

बैठकले कोभिड रोकथाम नियन्त्रणका लागि संघ संस्था वा व्यक्तिगत सहयोगलाई एकद्धार प्रणालिबाट सञ्चालन गर्ने निर्णय गरेको छ । जसका लागि जिन्सि दिन चाहानेले नगरपालिकाको जिन्सि शाखमा सम्पर्क गर्ने र नगद सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य बैकमा रहेको नगरपालिकाको कोभिड ब्यबस्थापन खाताको खाता नं. ०४१५६०१६०९१७७०११ मा जम्मा गरिदिन सम्पुर्ण नगरवासीमा अनुरोध गरिएको नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै अबको एक हप्ता भित्र १ हजार नगरवासीको पिसिआर टेस्ट गर्ने निर्णय पनि भएको छ ।

आकस्मिक बैठकले यस अघि कोभिड १९ रोकथाम नियन्त्रणका लागि बनाईएका समितिहरु अनुमोदन गरेको छ ।

जसमध्ये नगर प्रमुख मंगल प्रसाद थारुको संयोजकत्वमा अनुगमन समिति रहेको छ जसको सदस्यहरुमा सदस्यमा उपमेयर चक्रपाणि अर्याल, सबै वडाका वडाध्यक्षहरु, मुख्य राजनितिक दलका प्रतिनिधि, कपिलवस्तु उद्योग वाािण्ज्य संघ र सिद्धार्थ सामाजिक विकास केन्द्र प्रतिनिधि रहेका छन् ।

त्यस्तै उप मेयर चक्रपाणि अर्यालको संयोजकत्वमा अस्पताल तथा संघ सस्था समन्य समिति रहेको छ जसको सदस्यहरुमा वडा नं.८ का वडाध्यक्ष गुणानिधि भुसाल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेन, युनाईटेड अस्पतालका अध्यक्ष सुन्दर आचार्य, सि एण्ड सि अस्पतालका संचालक गोपाल घिमिरे, तरुणदलका सभापति शक्ति सिहं ठकुरी, प्रकाश घिमिरे, कृष्ण चालिसे रहेका छन् ।

त्यस्तै नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा प्रचार प्रसार, मिडिया ब्यबवस्थापन तथा सुचना सञ्चार समिति रहेको छ जसको सदस्यमा वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरी, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वडा नं. ३ का वडाध्यक्ष सन्तराम रौतार, पत्रकार महासंघ कपिलवस्तुका प्रतिनिधि, र नगरपालिका भित्रका सम्पुर्ण सञ्चार संस्थाका प्रतिनिधि रहेका छन् ।

यता वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको संयोजकत्वमा अक्सिजन व्यबस्थापन समिति निर्माण गरिएको जसको सदस्यहरुमा कपिलवस्तु उद्योग वाणिज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु जेसिज, बाणगंगा यातायात समिति, रोटरी क्लव, लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ बाणगंगा, बाणगंगा वेलफेयर सोसाईटि, कपिलवस्तु सामुदायिक अस्पताल, नागरिक समाजका प्रतिनिधि रहेका छन् ।

यस्तै नगर प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा संयोजकत्वमा एमबुलेन्स तथा यातायात ब्यबस्थापन समिति निर्माण गरिएको छ जसको सदस्यहरुमा वाणगंगा यातायात व्यवसायी समिति, नेपाल रेडक्रस सोसाईटि बाणगंगा शाखा, कपिलवस्तु जेसिज, सि एण्ड सि अस्पताल, शान्ति सृजना युवा क्लवका प्रतिनिधि रहेका छन् ।

वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालको संयोजकत्वमा आईसोलेसन तथा स्वास्थ्य सामग्री व्यबस्थापन समिति निर्माण गरिएको छ, जसको सदस्यहरुमा वडा नं. १ का वडाध्यक्ष वाल कुमारी पन्त अधिकारी, वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नं.८ का वडाध्यक्ष गुणानिधि भुसाल वडा नं. ९ का वडाध्यक्ष धुर्ब बेल्बासे, वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य र सिद्धार्थ क्याम्पसका प्रमुख खेमराज शर्मा रहेका छन् ।

र वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालको संयोजकत्वमा शव ब्यबस्थापन समिति गठन गरिएको छ जसको सदस्यहरुमा वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल, वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरी, र वडा नं. ६ का वडाध्यक्ष सुकदेव थारु रहेका छन् ।

त्यस्तै नगरपालिकाको शिक्षा शाखाद्धारा निर्मित भित्तेपात्रो पनि नगर प्रमुख मंगल प्रसाद थारुद्धारा विमोचन गरिएको नगर प्रवक्ता पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिए ।


प्रकाशित : २०७८ जेष्ठ २, आईतवार १७:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech