असार १, २०७८,
काठमाडौं
सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९को बजेट सार्वजनिक गरेका छन्। मंगलबार सातै प्रदेशले २ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका हुन्। स्वास्थ पूर्वाधार तथा स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको दावी गरेका छन्।
आकारमा सबैभन्दा ठुलो बजेट बागमती प्रदेश सरकारको रहेको छ। बागमतीले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि लुम्बिनीमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट लुम्बिनी सरकारले सार्वजनिक गरेको छ।
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। त्यस्तै प्रदेश २ ले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबर र गण्डकी सरकारले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छन्।
आगामी आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।त्यस्तै सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।




















