रूपन्देही प्रहरीले अवैध लागु औषध सहित तीन जनालाई पक्राउ शुक्रबार गरेको छ । रूपन्देही र कपिलवस्तुका ३ जना युवालाई चेकजाँचको क्रममा खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो ।रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर १० का १८ वर्षका दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ९ का २४ वर्षका रमेश बहादुर आचार्य र वाणगंगा ९ कै रमेश मरासिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन प्रहरी बरामद गरेको थापाले बताए । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा खटिएको टोली सूचना पाएर खोजीमा जुटेको थियो । पक्राउ परेका उनीहरूलाई रुपन्देही जिल्ला अदालतबाट लागु औषध मुद्दामा दिन ५ को म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















