काठमाडौँ,असार २८
आज नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विभिन्न देशका वित्रिन्न प्रयोगशालामा गरिएको प्रयोगश गरिएको ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जनामा कोरोना पुष्टि भएको हो ।
३ हजार ८९५ एन्टिजेन परीक्षणमा ६८० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।आज देशभर गरी थप १८ जनाकोकोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।




















