बुटवल साउन २
पाल्पाको डुम्रेमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । तिनाउ गाउँपालिका ६ मा पर्ने भित्री कच्ची सडकमा माथिबाट खसेको पहिरोमा परि १ जनाको मृत्यु भएको हो । मृत्युहुनेमा बर्दिया बाँसगडी नगरपालिका ४ घर भई डुम्रेमा बस्दै आएका २७ वर्षिय महेन्द्र भन्ने मुमलाल पुन प्रहरीले बताएको छ । पहिरोमा परि एक जना घाइते भएका छन् ।
डुम्रेबाट होलादीघाट तर्फ ढुंगा लोडगरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फँसेको थियो । फँसेको ट्याक्टर लाई लु १ क २४९७ नम्बरको जेसिबीले निकाल्ने क्रममा माथिबाट पुन पहीरोे खसेर ट्याक्टरका सहयोगी पुन र जेसिबीका चालक पाल्पा रैनादेबी छहरा गाउँपालिका १ का सरोज बुढालाई पुरेको थियो ।
दुबैलाई उद्धार गरि लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा लगिएको र उपचारको क्रममा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । जेसीबी चालक बुढाको भने उपचार भइरहेको छ ।




















