ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा ७ दिने (SIYB) तालिम सम्पन्न, १३ स्थानीय तहबाट सहभागी

लुम्बिनी दर्पण २०७८ श्रावण ५, मंगलवार २०:३९

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुमा व्यवसाय शुरु तथा सुधार गर्न प्रशिक्षकहरुको प्रशिक्षण कार्यक्रम अन्तर्गत ७ दिने (SIYB) तालिम सम्पन्न गरिएको छ । युवाहरुको क्षेत्रमा काम गर्दै आएको नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना, राष्ट्रिय युवा परिषदको सहकार्य, अन्तराष्ट्रिय श्रमिक संगठन (ILO )को आर्थिक सहयोग तथा यु के एईड को समन्वयमा कपिलवस्तुको बाणगंगा स्थित पिस हिमालय रिसोर्टमा ७ दिने तालिम सम्पन्न भएको हो । लक्षित समुहका व्यक्तिहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु र सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा कपिलवस्तुका १० वटा स्थानिय तह र रुपन्देहीका ३ स्थानीय तहहरुबाट सहभागिता रहेको थियो ।


विशेष गरि व्यवसाय सुरु तथा सुधार गर्न चाहाने सम्भाव्य तथा व्यवसाय गरिरहेका उद्यमीहरुका लागि सञ्चालन गरिने कार्यक्रमका अतिरिक्त उद्योग व्यवसायका विकासमा सहभागि छनोट, तालीम संचालन, अनुगमन र मुल्यांकन कसरी गर्ने आदि विषयमा केन्द्रित तालिम निकै प्रभावकारी रहेको सहभागिले बताएका छन् ।

तालिममा प्रशिक्षकद्धय मुकुन्द ज्ञवाली र दिलिप थापाले प्रशिक्षण दिएका थिए । प्रशिक्षकले खासगरि एक हप्ते तालिममा व्यवसायको परिचय, अवधारणा, सफल उद्योगीका विशेषताहरु, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, बजार योजना, बजार र बजारीकरण, वस्तु तथा सेवा उत्पादन योजना लगायत विषयमा स्पष्ट पारेका थिए । त्यस्तै उत्पादन योजना, खर्च योजना, योजनको कोचिङ् कसरि गर्ने, व्यवसयामा महिलाको आवश्यक किन छ, फाईदा के के छन् विविध विषयमा अन्तरक्रियात्मक क्रियाकलाप गर्दै प्रशिक्षण गराईएको थियो ।
त्यस्तै प्रस्तुतीकरण सम्बन्धी सीपको बारेमा पनि प्रकाश पारिएको थियो भने व्यवासायसंग सम्बन्धित विभिन्न खेलहरु पनि खेली अभ्यास गरिएको थियो ।

त्यस्तै सहभागिबाट समुह बिभाजन गरि विभिन्न व्यवसायीक योजना तथा प्रशिक्षकको रुपमा विकास भई पाठ्यक्रम योजना समेत बनाई सहभागिले प्रस्तुत गरेका थिए ।

७ दिने तालिममा रहेर सोंचे भन्दा बढि ज्ञान प्राप्त गर्न सफल भएको र प्रशिक्षकले प्रभावकारी रुपमा सहजिकरण गरेको भन्दै सहभागि राजेन्द्र खनाल र दुर्गा घिमिरेले खुसी व्यक्त गरेका थिए ।

साथै सहभागिलाई प्रमाण पत्र पनि हस्तान्त्रण गरिएको थियो ।

त्यस्तै यो तालिमले हौसला प्रदान गरेको भन्दै आफुलाई निकै प्रभावकारी रहेको सहभागि गंगा न्यौपानेले बताईन् । यता प्रशिक्षक दिलिप थापाले प्रशिक्षणका क्रममा सहभागिको निकै सक्रिय सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे । उनले अब तालिममा सिकेका ज्ञानहरुलाई व्यवहारमा पनि लागु गर्न सुझाव दिए । त्यस्तै आगामि दिनमा कुनै समस्या भएमा सहयोग गर्ने र युवाहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

समापन कार्यक्रमका अध्यक्ष तथा आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीले तालिमलाई सफल तुल्याउन अहम भुमिका खेल्नुहुने प्रशिक्षकद्धय, सहभागी तथा सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे । उनले तालिम लिएर मात्र नहुने भन्दै तालिममा सिकेका अनुभव र ज्ञानलाई समाजमा हस्तान्त्रण गर्ने व्यवहारमा लागु गरेमा मात्रै उपलब्धिमुलक हुने बताए ।


आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, प्रशिक्षकद्धय मुकुन्द ज्ञवाली, दिलिप थापा, राष्ट्रिय युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरे, पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्बासे लगायतको आतिथ्यता, प्रशिक्षार्थीको सक्रिय सहभागिता तथा हरि आचार्यको सञ्चालनमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ श्रावण ५, मंगलवार २०:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech