बुटवल ,साउन १०
रुपन्देहीको सैनामैना नगरपालिकामा शनिबार एकैदिन ३ ओटा ठुला आयोजनाको सुभारम्भ भएको छ । आज एकैदिन करोडौंका ३ आयोजनाको शुभारम्भ भएको हो । शनिबार सैनामैना–२ अवस्थित बोलबम धाम पुनःनिर्माणको उद्घाटन भएको छ भने सैनामैना–४ मुर्गियामा १५ सैय्याको अस्पताल निर्माणको काम सुरुवात गरिएको छ । यसैगरी सैनामैना–९ मा स्थापना गर्न लागिएको विद्युतीय सवारी साधन एसेम्बल स्थलको समेत भूमिपुजन भएको छ ।




















