पाल्पा, साउन३०
पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका एक बाबुुले तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर चलाएको गोली लागेर छोराको ज्यान गएको छ ।
स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोलि लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नयाव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरेको छ । गोली हान्ने कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।



















