ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आजको शेयर बजार

लुम्बिनी दर्पण २०७८ श्रावण ३१, आईतवार १०:४०
[sharethis-inline-buttons]

काठमाडौँ , साउन ३१

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार २४।५७ अङ्कले घटेर ३ हजार १५४।३४ बिन्दुमा थामिएको छ । सेन्सेटिभ परिसूचक पनि आज १।८० अंकले घटेर ५८९।३९ बिन्दुमा ओर्लिएको छ । पछिल्लो केही दिनयता सामान्य रूपमा बढेको बजारमा आज भने गिरावट आएको छ ।

यो दिन खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हावी भएपछि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ । आज कारोबार अवधिभर कूल २२२ ओटा कम्पनीको १ लाख ८९ हजार ७३६ पटकको व्यापारमा ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा निर्धारण गरेको कारण आज बजार प्रभावित भएको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा अधिकतम १२ करोड रुपैयाँ तोकिएको छ ।

नेप्से परिसूचक घटेको भए पनि आज बजारमा कारोबार रकमले भने आज नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ १३ गते शेयर बजारमा सर्वाधिक बढी १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सो दिनको रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।

आज शेयर बजारमा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकम हालसम्मकै उच्च हो ।

हाइड्रोमा भारी गिरावट
यो दिन कारोबारमा आएका तीनओटा समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । हाइड्रो पावरमा चलखेल भएको हुनसक्ने समाचार प्रकशित भएसँगै आज हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । बजारलाई लिड गरिरहेको हाइड्रो पावर समूहको परिसूचक आज एकैपटक ४।१३ प्रतिशतले घटेको हो ।

यसैगरी पछिल्लो समय प्रायः कमाइरहेका विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुको लागि पनि आज सुखद रहेन । विकास बैंकका लगानीकर्ताहरुले २।७७ प्रतिशतले गुमाउदा वित्त समूहका लगानीकर्ताहरुले भने २।८८ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै, बीमा समूहको १।०५ प्रतिशत, निर्जीबन बीमा समूहको १।५४ प्रतिशत, अन्य समूहको १।९४ प्रतिशत, व्यापारिक समूहको ०।९१ प्रतिशत, होटल्स र पर्यटन समूहको १।७५ प्रतिशत, बैंकिङ समूहको ०।३४ र म्युचुअल फण्डको ०।७२ प्रतिशतले बजार घटेको हो ।

घटेको बजारमा आज उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले भने सबैभन्दा बढी कमाएका छन् । यस समूहको परिसूचक २।३५ प्रतिशतले बढ्दा लघुवित्त समूहको २ प्रतिशत र लगानी समूहको परिसूचक ०।५४ प्रतिशतले बृद्धि भएको छ ।

आइतबार खानीखोला हाइड्रो पावर, जीवन विकास र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको छ भने आइसिआएफसि फाइनान्स कम्पनीको शेयरमूल्य पनि ९।५६ प्रतिशतले बढेको छ । यो दिन एनआईविएल प्रगति फण्डका लगानीकर्ताहरुले सर्वाधिक बढी ८।५४ प्रतिशतले गुमाएका छन् भने रिडी हाइड्रो पावरको शेयरमुल्य पनि ८।५२ प्रतिशतले घटेको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रो पावर र माथिल्लो तामाकोशीका लगानीकर्ताहरुले पनि आज ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

यस दिन कारोबार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । कारोबार अवधिभर नेपाल बैंकको मात्रै १ अर्ब ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । स्रोत शेयर बजार


प्रकाशित : २०७८ श्रावण ३१, आईतवार १०:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech