ताजा अपडेट

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नयाँ पार्टी खोले पनि ओलीले गल्ती स्वीकारेर आए एकता हुन्छ : नेता नेपाल

लुम्बिनी दर्पण २०७८ भाद्र २, बुधबार ०१:४८
[sharethis-inline-buttons]

भदौ १, काठमाण्डौ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । मङ्गलवार आफू पक्षीय जनवर्गीय सङ्गठनहरूको कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो ।

ओलीले आफूहरूलाई लगाएको आरोप फिर्ता लिने र आत्मालोचना गर्ने कुनै ुस्प्रिटु नदेखाएको उल्लेख गर्दै उहाँले ओलीले पार्टी विभाजन गर्न चाहे पनि आफूहरूलाई दोष दिइएको बताउनुभयो । उहाँले पुनर्गठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताउनुभयो ।

नेता नेपालले भन्नुभयो, ‘उहाँ पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताका निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब हामी पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुनर्गठन गरिने छ । क्रान्तिकारी पार्टीमा रूपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिको रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई हामी अगाडि बढाउनेछौँ ।’

उहाँले आफूलगायतका सांसदहरूलाई कारबाही गरेको तर्फ इङ्गित गर्दै आफूहरू कारबाहीबाट विचलित नभइ अगाडि बढ्ने पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले आफूहरूले नयाँ पार्टी खोले पनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडि हटेमा पार्टी एकताको ढोका खुला रहने बताउनुभयो । आउँदो चुनावमा सहकार्य हुनसक्ने समेत उहाँको भनाइ छ ।

नेता नेपालले भन्नुभयो, ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडि बढ्नेछौँ । एकताका निम्ति हाम्रो ढोका सधैैँभरि खुला छ । आज फेरि एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भने पनि, पार्टी पुनर्गठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भने पनि फेरि केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने फेरि एकताको ढोका खुला हुनेछ । अहिले हुनेछ । भोलि हुनेछ ।’

उहाँले आफुहरू अहिले सबै पार्टीसँग सहकार्य गर्ने भए पनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य वामपन्थी शक्तिहरूलाई पनि एकताबद्ध बनाउने बताउनुभयो ।

 


प्रकाशित : २०७८ भाद्र २, बुधबार ०१:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

भर्खरै

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech