भदौँ ४
एजेन्सी
भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ संक्रमित थपिएका हुन् ।
भारतमा अहिले सक्रिय अवस्थामा रहेका संक्रमितहरुको संख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् । सक्रिय अवस्थामै रहेका संक्रमितहरुको यो संख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् ।
कूल संक्रमितमध्ये अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या १।१२ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार ५ सय ५५ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।



















