लुदअ भदौ ४, काठमाण्डौ
महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल प्रस्ताव गरिएको छ ।
गएको बुधवार जनता समाजवादी पार्टी ९जसपा० बाट फुटेर जसपा लोकतान्त्रिक पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको हो ।
यसअघि निर्वाचन आयोगले जसपा नेपालसँग नाम मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन सुझाएको थियो । नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालसहित ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।




















