ताजा अपडेट

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भरतपुरमा जस्तो मतपत्र च्योतर चुनाव जितिदैन, जनताको भोट चाहिन्छ : एमाले नेता ज्ञवाली

लुम्बिनी दर्पण २०७८ भाद्र ३०, बुधबार ०४:३४
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, भदौ २९
नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले फेरी पनि शानदार तरिकाले सरकारमा जाने बताउनुभएको छ । ज्ञवालीले एमालेमा तल्कालका लागी केही चुनौतिहरु देखिएको र यो क्षणिक भएको बताउँदै फेरी सरकारमा जाने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । नेता ज्ञवालीले जनादेशबाट एमाले सरकारबाट बाहिरिनु नपरेकाले कसैले पनि चिन्ता नलिई उच्च आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो । सर्वोच्चको आदेशबाट परमादेश सरकार बन्दा केही तत्काल राजनितिक संकटहरु आईपरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता ज्ञवालीले जनतामा एमालेप्रतिको विश्वास बढ्दै गएको र अहिले गठबन्धन एमालेको विरुद्धमा लागेको बताउनुभयो । चितवनमा प्रचण्डले आफ्नो छोरीलाई मतपत्र च्यातेर जिताएको भन्दै नेता ज्ञवालीले अब त्यसो नहुने र चुनाव जित्न जनताको मत चाहिने बताउनुभयो । यस्तै उहाँले एमसीसी प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारको पालामा सहमति भएको र सरकारले गरेको काम भएकाले मात्र आफूहरुले अगाडि बढाएको उनले दाबी गर्नुभयो । एमसीसी पास गर्ने सरकारको दायित्व रहेको भन्दै सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउन आग्रह समेत गर्नुभयो । उहाँले आगामी निर्वाचनका जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्न निर्देशन समेत दिएका थिए । उहाँले एमालेमाथि देखिएको घेराबन्दी अस्थायी प्रकृतिको रहेको जिकिर गर्नुभयो ।

कार्यक्रमममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटेपनि स्थानीय स्तरको कार्यकर्ताले एमाले रोजेको टिप्पणी गरे । सोहि कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं सांसद बिमला घिमिरेले कपिलवस्तुमा फुटको कुनै असर नरहेको र पार्टीमा कुनै पनि प्रकारको गुटबन्दी नदेखिएकाले अबको स्थानिय चुनाबमा पार्टीले धैरै स्थानमा विजय हासिल गर्ने औल्याउनु भयो ।

प्रदेश कमिटि सचिवालय सदस्य वलराम अधिकारीले एमाले नेकपाको बिरासतको रुपमा रहेकाले जनयुद्धदेखि जनआन्दोलनबाट प्राप्त परिवर्तनको भावी नेतृत्व एमालेले मात्र गर्न सक्ने बताउनु भयो । प्रदेश सांसद विष्ण पन्थिले पार्टीमा केहि नेताहरुले छाडेर गए पनि उहाँहरु नै पछुतोमा पर्ने बताउदै तल्लो तहका कार्यकर्तामा आधारित एमाले पार्टीले जनमत आफ्नो पक्षमा कायमै राख्ने दाबी गर्नु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका पार्टी अध्यक्ष झविलाल पोख्रेलले बोल्दै एमसिसीका बिषयमा नेपाली जनता सशंकित रहेकाले एमालले जनमतको भावना वुझेर कदम चाल्ने स्पष्ट पार्नु भयो ।


प्रकाशित : २०७८ भाद्र ३०, बुधबार ०४:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

भर्खरै

  • थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

  • आज गाईजात्रा पर्व मनाइँदै

  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech