लक्ष्मी पाण्डे
बुटवल असोज १३
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर १का विभिन्न पसल ,विद्यालय , मन्दिर तथा वडा कार्यालयमा स राती चोरी भएको छ । त्यहाका स्थानीय वसिन्दाका अनुसार चोरी गर्ने व्यत्ती पुर्व योजनाका साथ नै चोरी भएको बताएका छ्न ।
सत्यवती गाउपालीका १मा खिम पाण्डेय, यकु पाण्डेय को पसलमा रहेको नगद पैसा चोरी गरेको तर अरु क्षेती नगरेको बताइएको छ । त्यसै वडा श्री राम मा वि श्री लक्ष्मी नारायन मन्दिर र वडा कार्यालयमा पनि नगद पैसा चोरी गरेको बताइएको छ ।
चोरले रातीको करिब ११र१२ बजेको समयमा चोरी गरेको बताइएको छ र गाउपालिकाका धेरै ठाँउमा बिशेष योजनाका साथ चोरी गरेको त्यहाका स्थानीयले जानकारी दिएका छ्न ।
चाडपर्व नजिकिदै गर्दा यस्ता चोरीका घटना हाम्रो समाजमा धेरै घटने गर्दछ्न । यो घटना त घटयो तर अब हामी सचेत बनौ ताकी हाम्रो समाजमा यो घटना नदोरियोस ।

चोरले चोर्दै गर्दाका केही सि सि टि भि फुटेज




















