हरि आचार्य, कपिलवस्तु
करिव ४ हजार पार्टी संगठित सदस्य रहेको एमाले बाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनबाट युवा नेता युवराज पोख्रेलको नेतृत्वमा ७० सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष डम्मर शर्माले जानकारी दिएका छन् । नेकपा विभाजन पछि पोख्रेलले नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
अधिवेशनबाट नगर कमिटिको उपाध्यक्षमा मुक्त बहादुर कार्की, सचिवमा विष्णु गिरी, उप सचिवमा चेतनारायण भण्डारी, लक्ष्मी थारु सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक विश्व कार्कीले जानकारी दिए । एमाले बाणगंगाको नगर अधिवेशनलाई निकै अर्थपूर्ण रुपमा लिने गरिएको छ ।


















