ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु प्रहरीद्वारा फागुनमा करिब ५८ लाख राजस्व संकलन, १० फरार प्रतिवादी पक्राउ

Lumbini Darpan 2 २०७८ चैत्र २, बुधबार ९:१४

लुदअ, कपिलवस्तु
कपिलवस्तु प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार फागुनको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ३८ लाख ३५ हजार संकलन गरेको छ । किराना सामग्री, सवारीसाधन, लत्ताकपडा र नदीजन्य पदार्थतर्फ उक्त रकम संकलन भएको हो । ट्राफिक कारबाहीबाट १९ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कपिलवस्तु प्रहरीले फागुनभरमा १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले फागुनमा ७४ मुद्दा दर्ता भएकोमा ४६ वटा फछ्र्योट गरेको छ । यसमा बीचमा जिल्लामा १५ जनाले आत्महत्या गरेका छन् । प्रहरीले फागुनमा १२ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

यसबीचमा कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् । यशोदाको गत १० मंसिरमा हत्या भएको थियो । सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो । एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ । पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेको प्रहरीले लुम्बिनी दर्पणलाई जानकारी दिएको छ ।

यस्तै, आफ्नै १२ वर्षीया सौतेनी छोरीको हत्या गरेको आरोपमा बाणगंगा नगरपालिका–१ उत्तमनगर निवासी सीता नेपाली पक्राउ परेकी छन् । हातहतियार, लागूऔषधसहित पनि कपिलवस्तु प्रहरीले अन्य व्यक्तिलाई पनि यस अवधिमा पक्राउ गरेको छ । फागुनमा आन्तरिक शुद्धीकरणतर्फ प्रहरी हवल्दार १ जनालाई नसिहद र प्रहरी जवान ७ जनामध्ये ६ जनालाई नसिहद तथा १ जनालाई सुरुको स्केल घटाइएको छ । उक्त अवधिमा एक जना प्रहरी निरीक्षक, १ हवल्दार र ५ प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले आगामी स्थानीय चुनावलाई केन्द्रित गरी सुरक्षा संवेदनशीलताका सम्बन्धमा थप सूचना संकलन गरिने, फरार प्रतिवादीहरुको खोजी कार्यलाई निरन्तरता दिइने, जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिइने, लामा दुरीको गस्ती बढाइने, अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ र रिएक्टिभ प्रहरी गतिविधि बढाइने बताए ।

पुराना फर्छौँ हुन बाँकी पेन्डिङ मुद्दा अनुसन्धान कारबाहीलाई आगामी कार्ययोजनामा राखिएको उनले बताए । सीमा अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमा एआरपी तथा प्रहरी क्रियाकलापमा वृद्धि गराई सूचना संकलन गरिने एसपी कार्कीले जनाए ।


प्रकाशित : २०७८ चैत्र २, बुधबार ९:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech