ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लगातार ५ औँ बर्ष पनि बाणगंगाको ७ नं. वडा नै विकासमा अगाडि (विवरण सहित)

Lumbini Darpan 2 २०७८ चैत्र २२, मंगलवार ७:१२

हरि आचार्य, कपिलवस्तु
हरेक बर्ष नयाँ नयाँ रचनात्मक र सिर्जनात्मक काम गर्दै विकासका योजनाहरु अरु वडा भन्दा छिटो छरितो सम्पन्न गर्दै आएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ७ नं. वडाले यस बर्ष पनि आफ्नो पहिचान अग्रस्थानमा कायम गर्न सफल भएको छ । चालु आर्थिक बर्ष २०७८/७९ मा पनि अन्य वडाहरु भन्दा बढी योजनाहरु छनौट गरेको ७ नं. वडाले नै छिटो छरितो योजनाहरु सञ्चालन, अनुगमन र फर्स्यौट (निकासा) गर्न नगरपालिकामै रेकर्ड कायम गरेको छ ।

थोरै योजना छनौट गरेका वडाले छिटो छरितो योजना सक्नुपर्नेमा धेरै योजना छनौट गरेको वडाले छिटो योजना सम्पन्न गरि जनतालाई विकासको अनुभुति दिलाएको छ । योजना सम्पन्न गर्नमा सानो वडा र ठुलो वडा भन्ने हुंदैन । किनकी योजनाहरु सञ्चालन र फरफारक गर्ने विधि र प्रक्रिया सबैको एउटै हुन्छ । तसर्थ ७ नं. वडा विकासमा अब्बल सावित भएको नगरपालिकाको तथ्यांकले देखाएको छ ।

बाणगंगा नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार २०७८ श्रावण १ देखि चैत्र २० गते सम्मको वडागत योजना फर्स्यौट (निकासा) को अवस्था यस्तो रहेको छ ।

यो तथ्यांकलाई विश्लेषण गर्दा अब वडाध्यक्ष लगायत सबै स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल सकिन करिव १ महिना मात्र बाँकी छ । आगामी २०७९ बैशाख ११ र १२ गते अर्को अवधिको लागि उम्मेद्वारी दर्ता गर्ने र बैशाख ३० गते निर्वाचन हुने समय निर्वाचन आयोगले तोकेको छ । अब थप नयाँ योजनाहरु सम्झौता र सञ्चालनमा पनि आचार संहिताले तत्काल रोक लगाउदै छ । तसर्थ चालु आर्थिक बर्षको योजना सम्पन्न गर्न पछाडि परेका वडाहरुले कसरी शत प्रतिशत योजना सम्पन्न गर्लान् ? चासोको बिषय बनेको छ भने जनप्रतिनिधिहरुको कार्यकुशलतामा पनि प्रश्न चिन्ह खडा भएको छ ।

तर ७ नं. वडा भने ढुक्क देखिन्छ । अबको १० दिनमा सम्पुर्ण योजनाहरु सकाउने र एकोहोरो भई आगामी निर्वाचनमा केन्द्रित हुने वडाध्यक्ष बिष्णु गिरी बताउनुहुन्छ ।

हरेक बर्ष बाणगंगा नगरपालिकामै विकासमा अगाडि आउनुमा के राज छ ? भनी वडाध्यक्ष गिरीलाई प्रश्न गर्दा वडाका जनप्रतिनिधि र टोल विकास संस्थाको सक्रियता र जनताको साथ छ । जिम्मेवारी लिईसके पछि पुरा गर्नपर्छ, जनताको अमुल्य मतलाई खेर फाल्नु हुंदैन भन्ने सोंचेर सोहि अनुसार आफु अहोरात्र खटेर काम गरेकाले यो नतिजा आउन सफल भएको बताउनुहुन्छ ।

अरु भन्दा फरक काम गर्न रुचाउने वडाध्यक्ष गिरीले सुत्केरी महिलाहरुलाई घरघरमा नै गई घ्यु, मह, लोकल भाले, अण्डा लगायतका पौष्टिक आहार दिने, महिला आत्मनिर्भरताका लागि वडा भित्र सिलाई कटाई तालिम गरेका र सिलाउन सीप भएका सबैलाई सिलाई मेसिन वितरण, फुलहरु लगाई घर आँगन सिंगार्नेलाई फुलका विरुवा र गमलाहरु दिई सम्मान गर्ने, सेवामा पहुँच पु-याउन वाल विकास केन्द्रका सहयोगी कार्यकता, महिला स्वयंसेवीका, स्वास्थ्यकर्मीलाई साईकल, दलितलाई पञ्चेबाजा, आरन सञ्चालन सामग्रीहरु दिने, अपांगता भएका व्यक्ति आत्मनिर्भरताका लागि ब्याउने बाख्रा, बृद्धबृद्धा सम्मान संरक्षणका लागि पोषण, न्यानो सल, ज्याकेट, वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै वालवालिकाहरुलाई जाडोमा न्यानो स्वीटर, बाल विकास केन्द्र र विद्यालयलाई टि.भी., ल्यापटप, प्रोजेक्टर, शैक्षिक सामग्री, युवाहरुलाई खेलमा प्रतिस्पर्धा, खेल सामग्री, पोशाक, व्यवसायीक युवा तथा कृषकलाई प्रोत्साहन अनुदान, एक घर एक कागती विरुवा वितरण कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार, धरहरा निर्माण, फुसको छानो हटाऔं, कर्कटपाता लगाऔं अभियान संचालन, निःशुल्क बिद्युतका मिटरहरु वितरण, चोक चोकमा फलामको आकर्षक र आरामदायी छाता प्रतिक्षालयहरु निर्माण जस्ता थुप्रै रचनात्मक र सिर्जनात्मक कामहरु गरि ७ नं. वडाले चर्चा कमाउदै आएको छ ।

५ बर्षे कार्यकालको यी सबै कामले वडाध्यक्ष बिष्णु गिरी एक कुशल जनप्रतिनिधिको रुपमा स्थापित भई जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन सफल हुनुभएको वडावासीले बताएका छन् ।

 

 

 

 

 

 

 

 

 


प्रकाशित : २०७८ चैत्र २२, मंगलवार ७:१२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech