लुदअ कपिलवस्तु, बैशाख २७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर कमिटि अध्यक्ष गिरिराज कंडेलले भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह रहेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसंगै मतदाता भेटघाट कार्यक्रममा नगर कमिटि अध्यक्ष कंडेलले अहिले सम्म सत्तामा रहेका राजनीतिक दल भ्रष्ट्राचारमा लिप्त रहेको बताउदै अबको गन्तब्य राप्रपा रहेको बताउनुभएको हो ।
भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मुल पार्ने उद्देश्यले स्थानीय तको निर्वाचनमा होर्मिको राप्रपाको प्रभाव देशभरीमै बढेको छ ।
बैशाख ३० गते हुने पालिका निर्वाचनलाई लक्षित गरी बाणगंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शक्ति प्रदर्शन गरेको छ । राप्रपाले मङ्गलबार बृहत र्यालीसहितको चुनावीसभा गरेर शक्ति प्रदर्शन गरेको हो। चुनावी प्रचारप्रसारलाई अन्तिम रुप दिदैं राप्रपाले बाणगंगाको चारनम्बरबाट चुनावी र्याली सुरु गरेको थियो ।
चारनम्बर चोकबाट सुरु भएको उक्त र्याली नन्दनगर, पिपरा, पटना, ओदारी, कोपवा, झण्डा, मोतिपुर वनगाई, हुदैं पुनः चारनम्बर चोकमा आई कोणसभामा परिणत भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सम्पूर्ण नेता कार्यकर्तालाई सचेत रहन आग्रह गरेको छ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले उक्त अवधिमा सचेत रहन आग्रह गरेको हो ।




















