लुदअ, कपिलवस्तु
स्थानीय तहको निर्वाचनमा मतदाताहरुले उत्साहपुर्वक भोट हालिरहदा पास विनाका सवारी साधनको प्रयोग भएको देखिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा पास विनाका सवारी साधन मोटरसाईकलको बढी प्रयोग भएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले अत्यावश्यक तथा पास लिएका सवारी साधन प्रयोग गर्न निषेध गरे पनि स्थानीयले पास विनका सवारी साधन प्रयोग गरेको पाईएको छ । पास विनाका सवारी साधनलाई प्रहरीले कडाई गरेको छ । अहिले सम्म बाणगंगा नगरपालिकामा भयरहित र शान्तीपुर्ण निर्वाचन भईरहेको लुम्बिनी दर्पण कर्मीले स्थलगत रिपोर्टिङ् बाट बताएका छन् ।





















