हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई औपचारीक विदाई गरिएको छ । बाणगंगा नगरपालिका, कपिलवस्तु उद्योग वाणिज्य संघ, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकबाट विदाई गरिएको हो । करिव ७ महिना बाणगंगा नगरमा रही कुशलतापुर्वक जिम्मेवारी पुरा गर्नुभएका पन्थी यस क्षेत्रमा लोकप्रिय भईसक्नुभएको थियो । बाणगंगाबाट सरुवा भई बुटवल उप–महानगरपालिकामा जान लाग्नुभएका पन्थीलाई विदाई गर्ने क्रममा धेरैका आखाँ रसाएका थिए ।

सुशासन, जवाफदेहीता र पारदर्शितालाई सदैव शिरोपण गर्दै जिम्मेवारी पुरा गर्ने नेपाल सरकारका उप–सचिव पन्थीले विदाई हुने क्रममा सम्पुर्ण नगरवासीमा हार्दिक धन्यवाद व्यक्त गर्दै आफु जहाँ भए पनि यस नगरपालिकाको विकासका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पालिकाका विकासका गतिविधिलाई अगाडि बढाउन सञ्चारमाध्यम र सञ्चारकर्मी मेरुदण्ड रहेकाले मिडियाको विकास आवश्यक रहेको बताउनुभयो ।

बाणगंगाका मेयर चक्रपाणि अर्यालले पन्थको कार्यकालमा भएका कार्यहरुको प्रशंसा गर्दै नगरपालिकालाई पु¥याएको योगदान अतुलनिय रहेको बताउदै आगामि कार्यकालका लागि शुभेच्छा प्रकट गर्नुभयो ।
नगरपालिकाका उप मेयर रीता कुमारी चौधरीले कुशल र प्रखर व्यक्तित्वलाई विदाई गर्दा दुःख लागेको र आगामि दिनमा प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
प्रवक्ता विष्णु प्रसाद पौडेलले एक कुशल, अनुभवि र दक्ष प्रमुख प्रशासकीयलाई विदाई गर्दा नगरलाई असहज भएको बताउदै उहाँको कामको प्रशंसा गर्नुभयो ।
मिडियामैत्री पन्थीलाई लुम्बिनी दर्पणको विदाई

त्यसैगरि विदाईका क्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकले पनि मायाको चिनो सहित विदाई गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत पन्थी समग्र मिडियामैत्री भएको र नगरमा हुंदा विभिन्न लेख, रचनाका साथै नगरका हरेक गतिविधिहरु मिडिया मार्फत पारदर्शिता र जवाफदेहीतामा जोड दिएको भन्दै दर्पणले विदाई गरेको हो । विदाईका क्रममा प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।

उहाँको सरुवाले निकै चर्चा बटुलेको छ । यद्यपि उहाँ आफ्नो गृहनगर बुटवल उप–महानगरपालिकामा कार्यकारीको रुपमा जिम्मेवारी सम्हाल्न जाँदै हुनुहुन्छ ।




















