लुदअ भदौ ९, काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेको बताउनुभएको छ ।
आज बिहीवार दिउँसो नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएपछि मेयर साहले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’
यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गर्नुभएको छ ।
यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियो ।




















