ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा निर्वाचन आचार संहिता उल्लंघन, उजुरी नपरेको भन्दै अनुगमन समिति मौन

Lumbini Darpan 2 २०७९ कार्तिक १, मंगलवार ७:०७

लुदअ, कपिलवस्तु

कपिलवस्तुमा निर्वाचन आचार संहिता विपरित राजनीतिक दलले चुनावी प्रचार प्रसार कार्य तिव्र पारेका छन् । आसन्न मंसिर ४ को प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य राजनीतिक दलले नै निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार कार्यलाई अघि बढाएका हुन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा चुनावी प्रचार प्रसारमा डिजे, पार्टीको प्रचार प्रसार जनप्रतिनिधी परिचालन, रंगीन पोष्टर, सार्वजनिक स्थलमा रंगीन होर्डिङ बोर्ड राखेको, शिक्षक कर्मचारी घरदैलोमा मत माग्दै हिडेको र सामाजिक संजाल मार्फत प्रचार प्रसार गरी आचार संहिता विपरितका कार्य गरेको पाइएको छ । यसरी आचार संहिता उल्लंघन गर्नेमा मुख्य राजनीतिक दल रहेका छन् ।

जिल्लामा निर्वाचन आचार संहिता उल्लंघनका सूचना संचार माध्यममा आएपनि हालसम्म भने कुनै उजुरी परेको छैन । जिल्ला स्तरीय निर्वाचन आचार संहिता अनुगमन समितिका अनुगमन अधिकृत भिमार्जुन ज्ञवाली अहिले सम्म कुनै लिखित तथा मौखिक उजुरी नआएको जानकारी दिए । कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख समेत रहनुभएका आचार संहिता अनुगमन अधिकृत भिमार्जुन ज्ञवालीले शुद्धोधन र मायादेवीमा आचार संहिताबारे अनुगमन गरेको जानकारी दिएका छन् ।

समितिले आचार संहिता उल्लंघनका गतिविधी बारे कार्वाहीका लागि जिल्ला समिति र कर्मचारीको हकमा समिति मार्फत आयोगमा पठाई विभागीय कार्वाही हुने जनाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल, उम्मेद्वार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचार संहिता पालना गर्न आग्रह गरेको छ ।

आचार संहितामा यस्तो छ (आंशिक)
आयोगको आचार संहितामा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने उल्लेख गरिएको छ ।
त्यस्तै निर्वाचन प्रयोजनको लागि ७५ ग्रामसम्मको कागजमा तीनसय वर्ग ईन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रंग र मुद्रकको नाम सहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने आचार संहितमा उल्लेख छ । उम्मेद्वार वा दलको कार्यालयमा साईनबोर्ड तथा कपडामा बनाइएको ३र४ फिटको दलको झण्डा र सोहि नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने आयोगले आचार संहितामा राखेको छ ।

उम्मेद्वार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने आयोगको आचार संहितमा उल्लेख छ ।

निर्वाचनमा उम्मेद्वारको मनोनयन पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेद्वार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा गाजा तथा झाँकी सहित जान नपाईने व्यवस्था आयोगले गरेको छ ।

त्यस्तै अनलाईन वेव पेज, टिभी स्क्रोलिङ, सपिङ् महलमा डिस्प्ले, कल सेन्टर संचालन, बैंकका एटीएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेद्वारको बारेमा कुनै प्रचार प्रसार गराउन नहुने तर राजनीतिक दल वा उम्मेद्वारको बढीमा एउटा निजी र आधिकारीक वेबपेजमा त्यस्तो प्रचार प्रसार सामग्री राख्न बाधा नपर्ने निर्वाचन आयोगले जारी गरेको आचार संहितामा उल्लेख छ ।

त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसार गर्न सकिनेछ । जसमा जुलुस, आमसभा, कोणसभा, संचार माध्यममा प्रचार प्रसार सामग्री, प्रकाशन तथा प्रसारण तथा घरदैलो छन् ।
कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइने छैन ।

जुलुस आमसभा, कोणसभा, भेला वा प्रचार प्रसारका कार्यक्रम गर्दा विहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ ।


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार ७:०७

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech