ताजा अपडेट

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी बहुउद्देश्यीय सहकारी : उत्पादन र शेयर सदस्यमुखी

Lumbini Darpan 2 २०८० पुष २४, मंगलवार १७:३९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो केन्द्रिय वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । केन्द्रिय कार्यालय चारनम्बर स्थित सभाहलमा सम्पन्न साधारण सभामा यहि पुष २१ गते विभिन्न स्थानमा सम्पन्न साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि.बी.रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन लगायत सम्पुर्ण प्रतिवेदन केन्द्रिय साधारणसभा मार्फत पारित गरिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम एवम् प्रक्षेपित बजेट आर्थिक बर्ष २०७९।०८० को लाभांश वितरण, संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधी संशोध, आर्थिक बर्ष २०८०।०८१ को लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक, दीर्घकालिन सम्पत्ति खरिद एवम् दीर्घकालिन ऋण लिने, साधारण सभाको इकाई सभा र केन्द्रिय निर्णय प्रमाणिकरणका निम्ति प्रतिनिधी चयन जस्ता प्रस्तावहरु पारित भएका छन् ।

सहकारीको आर्थिक बर्ष २०७९/०८० मा ९२ करोड ६४ लाख, ७० हजार ७ सय ५५ रुपैयाँ ८० पैसा बराबरको कुल दायित्व तथा पुंजी प्रस्तुत गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा सहकारीको शुद्ध मुनाफा ३ करोड ७४ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ९६ पैसा रहेको छ ।

साधारण सभा मार्पmत ज्येष्ठ सदस्य, असल बचत कर्ता, असल ऋणि, असल बाल बचत कर्ता, पत्रकार, जेहेनदार विद्यार्थीलाई सम्मान समेत गरिएको छ ।

सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

अध्यक्ष बेल्बासेले सहकारीका सदस्यहरुको उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने, आवश्यक स्रोत कर्जा लगानी गर्ने र स्वरोजगार निर्माणमा योगदान गर्ने, सामुहिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, सीप र प्रविधिको विकासमा जोड दिने, सहकारीको माध्यमबाट समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने र समृद्धि हासिंल गर्ने जस्ता सहकारीको आगामी लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै आगामी आर्थिक बर्षमा निक्षेपमा ९ करोड थप गरी ५७ करोड पु¥याउने, स्थानिय तहसंगको साझेदारीमा कोशेली घर निर्माण, सहकारीको आफ्नै जग्गामा सहकारी कोलेनी मोडेल घर निर्माणको प्रयत्न गर्ने, ४ नं. मुख्य कार्यालयमा सहकारी बजार संचालन, ३ हजार ५ सय शेयर सदस्य थप गरी करिव १५ हजार शेयर सदस्य पु¥याउने, शिक्षा शिविरलाई अभियानकै रुपमा संचालन, सदस्य राहत कोष र सदस्य दूर्घटना बिमा एवम् कर्जा बिमालाई प्रभावकारी कार्यान्वयन, सहकारी बजार तर्फ प्रत्यक्ष ग्राहकलाई मुनाफाको २० प्रतिशत वोनस सहित उत्कृष्ट ग्राहकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जस्ता मुख्य कार्यक्रम गरिने सहकारीका लक्ष्य रहेका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद बिष्णु पन्थीले बहुउद्देश्यीय सहकारीहरुले अब बचत तथा ऋणको मात्र कारोवार नगरि उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले बहुउद्देश्यीय सहकारीले अब उत्पादनमा जोड दिई शेयर सदस्यहरुको आर्थिक स्तर उकास्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिनर्जी बहुउद्देश्यीय सहकारी एक प्रदेशकै उत्कृष्ट सहकारी रहेको भन्दै यस सहकारीमा बचत तथा ऋणको कारोवार ढुक्कसंग गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै प्रदेश सांसद गिरधारीलाल न्यौपानेले सहकारीले स्थानीय स्तरका समुदायकोे आर्थिक स्तर उकास्नका लागि अहम भुमिका खेलेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका सांसद न्यौपानेले शेयर सदस्यहरुलाई कृषि मार्फत आत्मनिर्भर हुनका लागि सहकारीले सहजिकरण गर्न आवश्य रहेको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको आर्थिक विकासका निम्ति सहकारीहरुको अहम भुमिका रहेको भन्दै नगरपालिकाले अनुगमन र नियमन गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाका सहकारीहरुमा आर्थिक हिनामिना नभएको र सबै सहकारी स्थानीय सरकार मातहत नै सञ्चालन भईरहेको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले यो सहकारीका सञ्चालक समिति, केन्द्रिय कार्यालय यसै स्थानमा रहेकाले अन्य सहकारी जस्तो आर्थिक अनियमितता नहुने भएकाले शेयर सदस्यहरु ढुक्क हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल लुम्बिनी प्रदेश प्रमुख नारायण प्रसाद बेल्बासेले प्रशिक्षण दिंदै सिनर्जी बहुउद्देश्यीय सहकारीको प्रतिवेदन र क्रियाकलपा अध्ययन गर्दा यो सहकारी शेयर सदस्यहरुको प्रत्यक्ष संलग्नतामा सञ्चालन भएको सहकारी भएको पुष्टि भएको बताउनुभयो । उहाँले सहकारीको स्थापना, विकास, नेपालका सहकारीको अवस्था, सहकारीको महत्व तथा सहकारीका उत्कृष्ट कार्यहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै राष्ट्रिय सहकारी बिकास बोर्ड सदस्य सन्दिप सापकोटाले शुभकामना मन्तब्य राख्दै सिनर्जी सहकारी आफैमा सक्षम सहकारी रहेकाले सफलताको शुभकामना दिनुभयो ।

सहकारीका अध्यक्ष बेल्बासेको अध्यक्षता, प्रदेश सहकारी संघ लेखा संयोजक तेज प्रसाद आचार्य, कपिलवस्तु जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गुणानिधि भुसाल, बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारी लगायतको आतिथ्यता, सहकारीका पदाधिकारी, सदस्य, उप समिति संयोजक, शेयर सदस्य, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम सहकारीका उपाध्यक्ष कुलराज पौडेलको स्वागत तथा सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जितपुर, बनगाई, बोडगाउँ, ओदारी, प्रगतिनगर, भलवाड र वैदौली कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ


प्रकाशित : २०८० पुष २४, मंगलवार १७:३९

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

भर्खरै

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech