ताजा अपडेट

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुटवल रोजगार मेला २०८२: १६९ जनालाई प्रत्यक्ष रोजगारी, ६५८ फलोअपमा छनोट

लुम्बिनी दर्पण डेस्क २०८२ असार १९, बिहीबार १३:४६
[sharethis-inline-buttons]

बुटवलमा बुधबार सम्पन्न “रोजगार मेला २०८२” ले उल्लेख्य सफलता हासिल गरेको छ। मेलामा सहभागीमध्ये १६९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६५८ जना विभिन्न कम्पनीहरूद्वारा फलोअपको लागि छनोट भएका छन्। बुटवल उपमहानगरपालिकाद्वारा आयोजना गरिएको यो मेलाले स्थानीय युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्न ठोस योगदान दिएको छ।
उपमहानगरकी उपप्रमुख सावित्रा देवी अर्यालका अनुसार मेला अवलोकन गर्न करिब ४ हजार ५ सय ११ जनाले सहभागिता जनाए। ४० वटा व्यवसायिक प्रतिष्ठान र संघ–संस्थाहरूले झण्डै ७०० जनाका लागि रोजगारीका अवसर प्रस्तुत गरेका थिए, जसमा १६९ जनाले सोही दिन प्रत्यक्ष रोजगारी प्राप्त गरे। अरु छनोटमा परेकाहरू अन्तर्वार्ता तथा अन्य प्रक्रिया पछि रोजगारीमा जानसक्ने अवस्था छ।
रोजगारी मेलामा १ हजार १५० जनाले आवेदन दिए, जसमध्ये ४५० जनाले अनलाइनमार्फत प्रक्रिया पूरा गरेका थिए। त्यस्तै, ७५० जनाले विभिन्न सीपमूलक तालिमका लागि आवेदन दिएका छन्। स्वरोजगारमा रुचि राख्ने करिब १५० जनाले आफ्ना व्यवसायिक प्रस्तावहरू प्रस्तुत गरे भने करियर गाइडेन्स तथा काउन्सिलिङ सेवाका लागि २३० जनाले निवेदन दिएका छन्। युवा फेलोसिप कार्यक्रममा भने १६५ जनाले आवेदन दिएका थिए।
रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेयका अनुसार मेलामा सहभागी युवाहरूलाई मनोसामाजिक परामर्श, कार्यस्थलका अधिकार, लैङ्गिक समानता, श्रम कानुन, तथा सूचना प्रविधि सम्बन्धी तालिम र जानकारी पनि दिइएको थियो। युवाहरूमा विदेश जाने लहर तीव्र भइरहेको वर्तमान अवस्थामा, स्वदेशमै पनि रोजगारीका अवसर छन् भन्ने सन्देश प्रवाह गर्न मेला प्रभावकारी रहेको उनको भनाइ थियो।
नगर प्रमुख खेलराज पाण्डेयले मेला उद्घाटन गर्दै बेरोजगारी समस्यालाई सम्बोधन गर्न तथा दक्ष कामदार खोजिरहेका प्रतिष्ठानहरूलाई उपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्यले यस्तो मेला आयोजना गरिएको बताए। “देशमै रोजगारी सम्भव छ भन्ने सन्देश दिनु र युवाहरूलाई प्रेरणा दिनु अहिलेको मुख्य आवश्यकता हो,” प्रमुख पाण्डेयले भने।
मेला समापनका क्रममा स्टल प्रतिनिधिहरू सन्तोष पोखरेल र दिवश खनालले रोजगार मेला उपयोगी रहेको भन्दै आगामी वर्ष मेला दुई–तीन दिनसम्म सञ्चालन गर्न आग्रह गरे। उनीहरूको अनुभवमा, प्रत्यक्ष संवाद, आवेदन प्रक्रिया र युवाहरूको उत्साहले मेला अझ व्यापक बनाउन सकिने देखिएको छ।
पछिल्लो वर्षको तुलनामा यस वर्षको मेला उल्लेखनीय रूपमा सफल भएको आयोजकहरूको भनाइ छ। गत वर्ष ३५ जनाले मात्र प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए भने यसपटक त्यो संख्या पाँचगुणा बढी भएको छ। यही उपलब्धि मेलाको प्रभावकारिता र उपादेयताको प्रमाण हो भन्ने निष्कर्ष आयोजकको छ।
बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले यस्ता मेलाहरूले रोजगार खोजिरहेका युवाहरूलाई अवसर दिनुका साथै जनशक्ति आवश्यक परेका उद्योग, व्यापारिक प्रतिष्ठान तथा संघसंस्थाहरूलाई उपयुक्त जनशक्ति सजिलै पाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।
रोजगारी सिर्जना मात्र होइन, स्वदेशमै काम गर्न सकिने वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको यो मेला स्थानीय तह र संघीय सरकारबीचको सहकार्यमा भएको सफल अभ्यासको उदाहरण बनेको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सुदृढ र दीर्घकालीन बनाउँदै लैजाने प्रतिबद्धता आयोजकहरूले जनाएका छन्। रासस


प्रकाशित : २०८२ असार १९, बिहीबार १३:४६

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण
  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता
  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत
प्रतिक्रिया

यो पनि पढौँ

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

भर्खरै

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech