ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

Lumbini Darpan 2 २०८२ मंसिर १०, बुधबार १७:५४
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

१६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ लाई सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेयलफेयर सोसाइटी एकासाथ उभिएका छन् । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सफलतापुर्वक सम्पन्न गर्नका कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्व अध्यक्षहरु, जनप्रतिनिधि र वेयलफेयर सोसाइटी एकसाथ उभिएका हुन् ।

बाणगंगा वेलफेयर सोसाईटी र कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, अध्यक्ष तथा पदाधिकारी र वडा नं. ४ का वडा अध्यक्षलगायतले १६ औं कपिलवस्तु महोत्सव सफल पार्न एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँण, महोत्सवको संरक्षक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, पूर्व अध्यक्षहरु देवी प्रसाद पाण्डे, उमानाथ पौडेल, यज्ञ प्रसाद भट्टराई, डोलक राम घिमिरे, वडा नं. ४ का वडा अध्यक्ष छवि रेश्मी मगर, उद्योग वाणिज्य संघका पदाधिकारीहरु रामजी सेन, नारायण पौडेल, शालिकराम भुसाल, मीना पौडेल, नवदत्त घिमिरे, कृष्ण प्रसाद गैरे, सदस्य मिन थापा, महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)), मिडिया संयोजक कृष्ण प्रसाद पौडेल लगायत वेयलफेयरका पदाधिकारी तथा महोत्सव उपसमिति संयोजकहरुको सहभागिता रहेको थियो ।

महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको र अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा भएको छ ।

खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताए । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको छ ।

कपिलवस्तु जिल्लालाई विशिष्ठ पहिचान दिलाउन सफल र वि. सं २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश)ले बताए ।

महोत्सवमा महोत्सवमा विभिन्न कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, सोनो सिटी (हिउमा खेलेको अनुभूति), जलपरि, सुनामी पिङग, १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, सांस्कृतिक कार्यक्रम, खाद्यान्न स्टल, व्यापारिक प्रदर्शनी, बालउद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतको आकर्षणले बाणगंगा मात्रै नभई वरपरका जिल्लाबाट समेत ठूलो संख्यामा दर्शक आउने आयोजकले अपेक्षा गरेका छन् ।

स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको समन्वयमा आयोजना हुने यो महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । कपिलवस्तुको बाणगंगा बुद्ध रंगशालामा हुने महोत्सवलाई विशेष रुपमा लिने गरिन्छ ।


प्रकाशित : २०८२ मंसिर १०, बुधबार १७:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech