लुम्बिनी,
उद्योगी व्यवसायीहरुको साझा संस्था उद्योग व्यापार संघ कपिलवस्तु द्वारा आयोजित दुई दिने कार्यशाला लुम्बिनीमा सुरु भएको छ।
कार्यशालामा कपिलवस्तु जिल्लाका विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको छ । कार्यक्रम उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीको प्रमुख आतिथ्यता, संघका अध्यक्ष टोपनारायण बेल्वासेको अध्यक्षता तथा महासचिव माधव भाट क्षेत्रीको सञ्चालनमा उद्घाटन गरिएको हो।

उद्घाटन सत्रसंगै उद्योग व्यापार संघ कपिलवस्तुको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र समेत निर्वाचन टिमले हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा केन्द्रिय महासचिव पराजुली र संघका सल्लाहकार अर्जुन पोख्रेल मुख्य वक्ता तथा सहजकर्ताको रूपमा सहभागी भई विभिन्न समसामयिक विषयहरूमा सहजिकरण गर्ने कार्यक्रम रहेको जनाइएको छ। कार्यशालाभरि व्यवसाय व्यवस्थापन, नेतृत्व विकास, बजार प्रवद्र्धन लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
यसैबीच, कार्यशालाको क्रममा स्थानीय उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शन (प्रदर्शनी) समेत गर्ने तयारी गरिएको छ, जसले स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।




















