चीनको वुहानमा लगातार ४ दिनदेखि कोरोनाका नयाँ सङ्क्रमित भेटिएनन्

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ चैत १०, काठमाण्डौ
विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण पुष्टि भएको चीनको वुहान शहरमा लगातार चार दिनदेखि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

विश्वभर प्रकोपका रूपमा फैलिइरहेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अन्य देशमा फैलिरहे पनि चीनमा भने नियन्त्रणतिर गइरहेको छ । वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै त्यहाँका उद्योग तथा कलकारखाना खुल्न थालेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले पत्रकार सम्मेलन गर्दै वुहानको जनजीवन बिस्तारै सामान्य बन्दै गएको बताए ।

वुहानमा नयाँ सङ्क्रमित नदेखिए पनि चीनका अरु ठाउँमा ३९ जना नयाँ बिरामी भेटिएका छन् । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट ८१ हजार ९३ जना सङ्क्रमित भएका छन् भने तीन हजार दुई सय ७० जनाको ज्यान गएको छ । यस्तै ७२ हजार सात सय तीन जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण विश्वमा अहिलेसम्म तीन लाख ४९ हजार ९ सय ८० जना सङ्क्रमित भएका छन् । यसमध्ये एक लाख बढी उपचारपछि निको भएका छन् भने १५ हजार तीन सय ६ जनाको ज्यान गएको छ । दुई लाख ३४ हजार तनि सय २९ जनाको उपचार भइरहेको छ ।


प्रकाशित : २०७६ चैत्र १०, सोमबार १४:२७