नेपाल झण्डै साढे ११ खर्ब ऋणमा, एक व्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, जेठ १४
नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाललाई ११ खर्ब ३९ अर्ब ८० करोड ऋण लागेको छ ।

प्रतिनिधिसभामा मन्त्री खतिवडाले पेश गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष मात्र नेपाललाई ९१ अर्ब ९० करोड ऋण थपिएको छ ।

२०७६ असारसम्म कुल तिर्न बाँकी ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुनसम्ममा ऋण बढेर ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको मन्त्री खतिवडाले जानकारी दिए । जसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड छ ।

मंगलबारको जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण हुन आउँछ । केन्द्रीय तथ्यांक विभागका अनुसार मंगलबार नेपालको जनसंख्या २,९९,६७,३१९ रहेको छ ।

चालु आर्थिक वर्ष २०७६र७७ को फागुन महिनादेखि अर्थतन्त्र र नागरिकको आयमा तीव्र गिरावट आएको पनि सर्वेक्षणमा उल्लेख छ । गरीबीको संख्या भने दुई प्रतिशतले घट्ने प्रक्षेपण सरकारले गरेको मन्त्री खतिवडाले बताए ।


प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार ०२:१६