वाणगंगामा सवारी दुर्घट्ना

ByLumbini Darpan Online

२५ फाल्गुन २०७६, आईतवार ०६:१९ २५ फाल्गुन २०७६, आईतवार ०६:१९ २५ फाल्गुन २०७६, आईतवार ०६:१९

लुदअ कपिलवस्तु, फागुन २५
कपिलवस्तुको वाणगंगा नगपालिकामा कार र दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक युवक घाईते भएका छन् । वाणगंगा ८ चप्परगाउँ सनराजईज पेट्रोल पम्प अगाडि महेन्द्र राजमार्गमा भएको दुर्घनामा वाणगंगा ८ ढोडेकोलका राजु थारु गम्भीर घाईते भएका छन् पश्चिबाट पुर्व तर्फ आदै गरेको लु ४२ प ९३२८ नम्बरको मोटरसाईकल ले लु ६ प ९६९ नम्बरको मोटर साईकललाई ठक्कर इिई पुर्वबाट पश्चिम तर्फ आउदै गरेको वा ४ च ५७ ५१ नम्बरको कारमा ठक्कर दिएको थियो ।

लु ४२ प ९३२८ को नम्बरको मोटर साईकलको अत्याधिक गतिका कारण मोटर साईकल दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाईते थारु लाई कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बुटवल स्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने कार चालक र मोटर साईकल चालक वाणगंगा ६ का अमरनाथ खनालको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार भई रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक आयुष प्रसाद जोसीले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *