होटल तथा रेस्टुरेन्ट व्यवसायलाई सुरक्षित तरिकाले संचालन गर्न माग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, जितपुर ।
कोरोनका भाईरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलाई सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाले संचालन गर्न दिनु पर्ने माग गरिएको छ ।

होटल तथा रेस्टुेरेन्ट ब्यवसायी संघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै खाना खुवाउन सकिने तथा अन्य सेवा दिन नसकिने गरी बनाईएको नियमले होटल तथा रेस्टुरेन्ट ब्यवसायी मारमा परेको बताएका छन । अहिलको नियमले राजमार्ग देखि भित्र पर्ने होटल र रेस्टुरेन्ट ब्यवसायी झन समस्यामा परकोले यो नियममा पुर्न बिचार गरिनु पर्ने माग गरिएको हो । संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री तथा सचिव शिवराज सापकोटाले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन ।

जिल्लाका अधिकांस होटल तथा रेस्टुरेन्टहरु भाडामा चलेकोले लकडाउनको अवधिको घर भाडा मिनाहा वा अन्य कुनै ब्यवस्था गर्न सरकाले ठोस कदम चाल्नु पर्ने समेत माग गरिएको छ । ब्यवसायीहरुले कर्जा लिएर ब्यवसाय संचालन गरेको र लकडाउनले ब्यवसाय ठप्प भएकाले सो अवधिको मासिक किस्ता ब्याज र कर्जाका बिषयमा पनि उचित ब्यवस्था मिलाउनु पर्ने संघका जिल्ला अध्यक्ष खत्रीले बताएका छन् ।

लकडाउन अवधिको कर, बिद्युत बिल समेत छुट गर्नु पर्ने, लकडाउन खुलेको ६ महिना सम्म किस्ताबन्दीरुपमा कर तिर्ने ब्यवस्था मिलाउनु पर्ने उनले माग गरेका छन्। नेपाल भित्र रहेको सबै होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरु अहिले मारमा परकोले आफुहरुको सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खत्रीले बताएका छन् । प्रजिअ दीर्घ नारायण पाण्डेले होटल तथा ब्यवसायीहरुको समस्याका बारेमा संघीय सरकारलाइ जानकारी गराउने बताएका छन् ।


प्रकाशित : २०७७ असार १, सोमबार १६:४५