
कमला सापकोटा कपिलवस्तु, फाल्गुण २४
भारतको गोरखपुरमा अलपत्र परेकी एक नेपाली किशोरीलाई भारतीय प्रहरीको सहयोगमा शान्ति पुनः स्थापना गृहले उद्धार गरेको छ । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षिय नाम परिवर्तन (नरमाया)लाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले जानकारी दिनु भयो । शिवरात्रीको दिन मेला जान्छु भनेर हिडेकी किशोरी सम्पर्क विहिन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए ।
खुनुवा नाका हुदैँ भारत प्रवेश गरेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वयन गरी किशोरीलाई गोरखपुरवाट उद्दार गरिएको भट्राईले वताउनु भयो । किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मार्फत परिवारको जिम्मा लगाइएको छ । बेपत्ता भएकी छोरी भेटिएपछी बुबाले खुसी व्यक्त गर्नु भएको छ । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।