ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतले नक्कली कपिलवस्तु बनाएझै अयोध्या पनी नक्कली हुन सक्छ !

लुम्बिनी दर्पण २०७७ श्रावण १, बिहीबार १६:१८
[sharethis-inline-buttons]
भेषराज आचार्य (बरुण)
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले २०७ औं भानुजयन्तीको अवसरमा सोमबार आयोजित कार्यक्रममा भन्नुभयो–‘त्यो बेलाको अयोध्या भनिएको ठाउँ अहिलेको वीरगञ्जको पश्चिम पट्टि रहेको ठोरी थियो । राजा जनकको घर जनकपुर थियो । उनकै छोरी हुन्, सीता । ठोरीबाट जनकपुर लगभग १५० किमि नजिक पूर्वमा पर्दछ भने बाल्मिकी आश्रम लगभग ४५ किमि पश्चिमा पर्दछ । त्यति बेला अहिलेको जस्तो कुनै सवारी साधान थिएन, हिड्नु पथ्र्यो वा रथमा जानु पथ्र्यो । त्यहाँबाट रथ चढेर बाल्मिकी आश्रम फर्किन एक/दुई दिनमा सम्भव हुने देखिन्छ । त्यसैले राम र सीताको विवाह रथ चढेर वा हिडेर चार/पाँच दिनमा पुग्न सकिने दुरीमा भएको हुनुपर्दछ ।
वास्तवमा हामीले भारतका राजकुमार रामलाई सीता विहे गरेर दिएको होइन, अयोध्याका राजकुमार रामलाई हाम्री सीता विवाह गरेको दिइएको हो । त्यस्तै राजा दशरथबाट सन्तान नभएपछि पुत्रिष्टि यज्ञ लगाउने पण्डित श्रीङ्ग ऋषि हाम्रै रिडी निवासी भएकाले यी सवै सांस्कृतिक ठाउँहरु एकअर्काेमा नजिक रहनुको साथै एक आपसमा गहिरो अन्तरसम्वन्ध रहेको कुरा प्रधानमन्त्रीज्यूले उल्लेख गर्दै यी विभिन्न ठाउँहरुको आफ्नै सांस्कृतिक र भौगोलिक महत्व छ । त्यसैले यी ठाउँहरुको हामीले संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्दछ भन्नु भएको थियो । उक्त कार्यक्रममा म पनि सहभागि हुने मौका पाएको थिएँ । यसरी प्रधानमन्त्रीज्यूले एक फरक खालको ऐतिहासिक र तथ्यपरक विश्लेषण मात्र गर्नु भएको थियो । यस विषयमा पनि सम्वन्धित निकायबाट खोज अनुसन्धान गर्न सक्ने कडीहरु रहेको कुरा उल्लेख गर्नु भएको थियो । तर यस कुरालाई अनावश्यक तोडमोड गरी पर्पोगाण्डाको विषय भारतका मिडियाहरुले नबनाउँदा नै वेश होला किनकि गहिरिएर तथ्य र प्रमाण खोज्दै जाने हो भने प्रधानमन्त्रीज्यूले भने जस्तै वास्तवमै हामी नेपालीहरुका कतिपय सांस्कृतिक तथ्य र प्रमाणहरुमा अतिक्रमण भएका छन् । हामी भारतबाट भौगोलिकका साथसाथै सांस्कृतिक रुपमा पनि अतिक्रमितमा परेका छौं ।
हाम्रा सांस्कृतिक प्रमाण र तथ्यहरु मिचिएका छन् । अब तिनको पनि हामीले लेखाजोखा राख्नुपर्छ, हाम्रो पुस्ताले ती सम्वन्धि खोज अनुसन्धान गर्नुपर्छ । सही प्रमाणको आधारमा सत्यतथ्य बाहिर ल्याउन सक्नुपर्छ । किनकि भारतले वेलावेलामा शान्तिका दूत, महामानव गौतम वुद्धको जन्मस्थल लुम्विनी हाम्रो हो भन्छ । त्यति मात्र नभई मेरो जन्म जिल्ला कपिलवस्तुको चाकडचौडा बोडरबाट मात्र ४ किलोमिटर टाढा अलिगढवा भन्ने ठाउँमा भारतले नक्कली कपिलवस्तु बनाइ राजा शुद्धोधनको दरवार नेपालको तिलौराकोटमा नभई यही भएको थियो भनिरहेको छ । नेपालको प्राचीन दरबार जस्तै नक्कली दरबार बनाएर भारतले बुद्धको जन्मस्थल यही हो भनिरहेको छ । गौतम वुद्धले २९ वर्ष विताएको स्थल तिलौराकोट यही हो भनी झुठो प्रचारप्रसार गरिरहेको सर्वविदितै छ ।
विभिन्न वुद्धग्रन्थ, युनेस्को लगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान र उत्खनन, अशोक स्तम्भ, शिलालेख र भारतकै पुरातत्वविद् पीसी मुखर्जीहरुले नेपालको कपिलवस्तुमा अवस्थित आजको तिलौराकोट नै बुद्धका बाबु राजा शुद्धोधनको दरबार हो भन्ने कुरा प्रमाणित गरिदिएको कुरा विश्वजगतमै घाम जस्तै छर्लङ्ग छ । तर पनि भारतले विना तथ्य र प्रमाणको आधारमा कपिलवस्तु आफ्नै देशमा रहेको र वुद्ध यही जन्मिएको झुटो प्रचारलाई निरन्तरता दिइरहेको छ । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा बेलावखतमा शान्तिका अग्रदूत भगवान गौतम वुद्धको देश भारत हो भन्दै हामीले संसारलाई बुद्ध दिएका छौं भन्दै विश्वजगतलाईनै भ्रम फैल्याउने काम गर्ने गरेका छन् ।
यसरी हेर्दा भारतले नक्कली कपिलवस्तु बनाइ बुद्ध सम्वन्धी झुटो कुप्रचार गर्ने गर्दछ भने हामीले विभिन्न तथ्य घटना, समय, काल र प्रमाणहरुका आधारमा त्यो बेलाको वीरगञ्ज पछाडि ठोरीमा रहेको अयोध्या हाम्रो नेपाली भूभागमा पर्छ भनेर सम्मानीय प्रधानमन्त्रीज्यूले सामान्य तर्क मात्र गर्दा किन भारतीय मिडियाहरुमा यति धेरै स्याल हुँइया गर्ने ? हाम्रै देशका बुद्धिजीवीवर्गहरु प्रधानमन्त्रीको विरोधमा बुरुकबुरुक उफ्रिने की बुद्ध माथी धार्मीक अतिक्रमण गर्ने भारत र मोधीको बिरोध गर्ने र प्रधानमन्त्री के पी ओली लाई थप प्रेरणा दिने?
यो आम स्भाबिमानी नेपालीलाई प्रश्न हो? म त भन्छु, भारत तिमीले नक्कली कपिलवस्तु बनाएर संसारको आँखामा छारो हाल्न खोजेकोले हालको अयोध्या पनि नक्कली हो भन्नेमा हामीलाई भित्रभित्रै शंका उत्पन्न भएको छ । साथै भारत तिमीले मेरो जन्मजिल्ला कपिलवस्तुलाई भारतमा नक्कली कपिलवस्तु र तिलौराकोट बनाएको म स्थानीयवासी भएको हैसियतले मेरो हृदयमा असैय पीडा खेपिरहेको छु ।
भारतले नक्कली कपिलवस्तु बनाएर बुद्ध र हाम्रो धर्म र संस्कृतिमाथी अतिक्रमण गर्दा भारतको बिपक्षमा कोही नबोल्ने तर हाम्रो प्रधानमन्त्रीले त्यो बेलाको अयोघ्या नेपालमै हुन सक्ने तर्क मात्र पेश गर्दा खुब बिरोध गर्ने ? यस प्रकारको मानसिकता बाट माथि उठेर राष्ट्र निर्माणमा जुटौं, राष्ट्रीयता, स्वाभिमान र आत्मसम्मान लाई मजबुद बनाउँ, बिरोध को लागी बिरोध र ब्यक्तिगत स्बार्थको लागी बिरोंध गर्ने प्रवृतिको अन्त्य गरौँ ।
(लेखक : युवा नेता तथा मानवशास्त्री हुन्)

 


प्रकाशित : २०७७ श्रावण १, बिहीबार १६:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech