२४ घण्टामा विश्वभर २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण, २ लाखभन्दा धेरै निको

ByLumbini Darpan Online

१४ श्रावण २०७७, बुधबार ०१:१९ १४ श्रावण २०७७, बुधबार ०१:१९ १४ श्रावण २०७७, बुधबार ०१:१९

लुदअ साउन १४, काठमाण्डौ
गएको २४ घण्टामा विश्वभर २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै हो ।

केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका वल्डोमिटरले जनाएको छ ।

यसअघि हिजो २ लाख १८ हजार र अस्ति २ लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा २ लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् ।

योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये १ करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् ।

२४ घण्टामा २ लाखभन्दा धेरै निको भएका छन् । गएको २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार नयाँ बिरामी थपिएका वल्डोमिटरले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *