Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

विश्वभर झण्डै २ करोडमा कोरोना संक्रमण

लुदअ, साउन २५
विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो। हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्।

यस्तै एकैदिन २ लाख ५३ हजार संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै भारतका रहेका छन्। भारतमा ६५ हजार १ सय ५६ जना थपिएका हुन्। त्यस्तै अमेरिकामा ५३ हजार ४ सय थपिएका अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलमा ४६ हजार ३ सयमा कोरोना संक्रमण पुष्टि भएको छ।

दक्षिण अफ्रिकामा ७ हजार ७ सय, मेक्सिकोमा ६ हजार ७ सय, कोलम्बियामा ९ हजार ६ सय र रुसमा ५ हजार २ सय संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण विश्वभर पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन्। त्यहाँ झन्डै एक हजार जनाको मृत्यु भएको छ। भारतमा ८ सय ७५, ब्राजिलमा ८ सय ४१, र मेक्सिकोमा ७ सय ९४ जनाको मृत्यु भएको छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *