
लुदअ कपिलवस्तु, भदौ ११
समुदायस्तरमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणका कारण कपिलवस्तुमा थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ५० बर्षिय पुरुष रहेका छन् ।
उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्इ कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका थिए । उनलाई उपचारकै क्रममा गत साउन ५ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान जानेको संख्या ३ पुगेको छ ।

