ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कोरोना प्रभाव : नेपाल भ्रमण वर्ष औपचारिक रूपमै स्थगित

लुम्बिनी दर्पण २०७६ चैत्र १८, मंगलवार १२:५५
[sharethis-inline-buttons]

लुदअ चैत १८, काठमाडौं
सरकारले करोडौं खर्च गरेर सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० अन्ततस् औपचारिक रुपमै स्थगित भएको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका सबै कार्यक्रम औपचारिकरुपमै स्थगित गर्ने निर्णय लिएको हो। गत डिसेम्बरदेखि चीनक हुवेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस विश्‍वका २०५ मुलुक पुगिसकेको अवस्थामा सरकारले औपचारिकरुपमै भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गर्ने निर्णय लिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका एक सहयोगीका अनुसार सरकारको निर्णयसँगै २०७७ वैशाखदेखि भ्रमण वर्ष सचिवालय पनि खारेज हुने भएको छ। भ्रमण वर्ष सचिवालयको नेतृत्व उद्योगी सुरज वैद्यले गर्दै आएका छन्। सरकारले गत फागुन १८ मै भ्रमण वर्षका औपचारिक कार्यक्रम रोक्ने निर्णय लिएको थियो।

नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित

मन्त्रिपरिषद्को यसअघि बसेको बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी भ्रमण वर्ष सचिवालयको कार्यालय विघटन गर्ने निर्णय गरेको हो। यस कुराको जानकारी पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले दिएका छन्। कोरोना भाइरसले विश्‍वभर महामारीको रुप लिएसँगै नेपालले वैशाख ३ सम्मलाई विदेशका सबै उडान बन्द गरिसकेको छ। त्यसैगरी भारत र चीनतर्फका सीमा पनि बन्द गरिएका छन्। नेपलामा रहेका विदेशी पर्यटकलाई पनि अहिले सम्बन्धित देशले जहाज चार्टर्ड गरेर फिर्ता लगिरहेका छन्। मंगलबार मात्रै अमेरिकाले कतार एयरवेजको जहाजबाट आफ्ना नागरिक फिर्ता लगेको छ।

यसअघि जर्मनी सहितका युरोपेली मुलुकले आफ्ना ३०० नागरिक फिर्ता लगिसकेका छन्। तर यसबीचमा कोरोना भाइरसले चीनमा महामारीको रुप लिइरहेका बेला पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल कोरोना मुक्त देश भन्दै प्रचारका कार्यक्रम नै ल्याएका थिए। उनले चीनसहितका देशमा प्रचार गरेर पर्यटक भित्र्याउने बताएका थिए। तर चीनबाट युरोपेली देशमा कोरोनाले महामारीको रुप लिएसँगै मन्त्री भट्टराई आफ्नो निर्णयबाट पछि हटेका थिए। गत फागुन ६ गतेको बैठकमा यस्तो निर्णय भएपछि मन्त्री भट्टराईसहित सरकार पनि आलोचित बनेको थियो। कोरोनाले युरोपेली देशलाई नराम्ररी गाँज्दै गएपछि सरकारले भ्रमण वर्ष अघि नबढाउने निचोड लिएको थियो।


प्रकाशित : २०७६ चैत्र १८, मंगलवार १२:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech