
लुदस, पोखरा ।
पोखरा महानगरपालिका वार्ड ३३ बागमारामा ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दे सुबिधा सम्पन्न बागमारामा रोजन कटेज एण्ड रेष्टुरेष्टको शुभारम्भ भएको छ । युवाहरु रोजगारीका लागी बिदेश भौतारी रहेका बेला आफु भित्रको श्रम र सीपलाई परिश्रमको मोती मानेर स्वदेशमा नै व्यवसाय संचालन गरी जिविकोपार्जन गर्न थालिएको संचालक रोजन शाहीले बताए ।
युवा तथा सामाजिक अभियान्ता समेत रहेका शाही सानै उमेर देखी लगनशिल र परिश्रमी रहेका कारण जुनसुकै काममा पनी पुर्ण बिश्वास र नियमपुर्वक अभ्यास गर्न सके सफल भइने कुरामा बिश्वस्त रहेका छन् । अग्रज तथा साथीभाईको राय सल्लाह अनुसार आफु यो व्यवसायमा लागेको हुनाले यसमा सबैको साथ पाउनेमा उनी आशाबादी रहेका छन् । अहिले धेरै युवाहरु कृषि, पशुपालन र व्यवसायमा आकर्षित भइ स्वदेशमा नै आयआर्जनमा संलग्न भैरहेको बेला उनी पनी यो व्यवसायमा लागेका छन् ।
सो रेष्टुरेन्टमा चिकन, मटन तथा माछाका सम्पुर्ण आइटम पाइनुका साथै भेज तथा ननभेज आइटम, अर्डर अनुसार खाना, नास्ताको होम डेलीभरीको व्यवस्था समेत रहेको संचालक शाहीले बताएका छन् ।

