हल्ला र अनुमानका पछि लागेर शेयरमा लगानी नगर्न धितोपत्र बोर्डको अनुरोध

ByLumbini Darpan Online

१५ मंसिर २०७७, सोमबार १४:३४ १५ मंसिर २०७७, सोमबार १४:३४ १५ मंसिर २०७७, सोमबार १४:३४

लुदअ मंसिर १५, काठमाण्डौ
शेयर बजारमा पछिल्लो समय तीव्र वृद्धि भइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने सजग र सुसूचित भएर मात्रै लगानी गर्न आग्रह गरेको छ ।

बोर्डले विज्ञप्तिमार्फत सूचीकृत सङ्गठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने भन्दै सजग रहन आग्रह गरेको हो ।

बोर्डले भनेको छ, ‘धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भइ सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड हार्दिक अनुरोध गर्दछ ।’

देशको अर्थतन्त्रको विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजी बजारको विकास र विस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?