‘बैंक अफ दि इयर २०२०’ को उपाधि एनएमबी बैंकलाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर १८, काठमाण्डौ
एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ ।

बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले यो उपाधि पाएको यो तेस्रो पटक हो । बैंकको कुल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण सहरी, अर्ध सहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ ।

एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोबारलाई समेत प्रश्रय दिएको छ । निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफ्ना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चार वर्षको बीचमा तेस्रोपटक उपाधि पाउँदा हामी असाध्यै खुशी भएका छौँ भन्दै बैंकले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुयसमा हाम्रो कडा परिश्रम र समर्पणको प्रमाण हो, हाम्रा ग्राहक, नियामक, बैंकको सञ्चालक समिति र सरोकारवाला सबैको सहयोग नै अमूल्य रहेको छ ।ु

कोभिड– १९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पुर्याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : २०७७ मंसिर १८, बिहीबार ०१:२६