अन्तरकृया एवं लैगिंक हिंसा बिरुद्धको १६ दिवसिय अभियान समापन

[sharethis-inline-buttons]

पार्बती आचार्य कपिलबस्तु, मंसिर २५

महामारीमा मानव अधिकारको अवस्था बिषयक अन्तरकृया एवं लैगिंक हिंसा बिरुद्धको १६ दिवसिय अभियान तौलिहवामा सम्पन्न भएको छ । “महामारीमा मानव अधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच बिस्तार” भन्ने मुलनाराका साथ एक कार्यक्रमका बिच समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपालले मानव अधिकारसंगै रहेको मौलिक अधिकार सम्बन्धि कानुन बन्न नसक्दा नागरिकहरुले पाउनु पर्ने अधिकारबाट बञ्चित हुन गएको बताईन् । ठोस निती प्रदेश र स्थानियतहले बनाउन नसक्दा महिला , एकल महिला र पीछडीएका महिलाहरु र सबै जातजातीका महिलाहरुले हक अधिकार प्राप्त गर्न नसकेको बताईन् । लैंगिक हिंसा , घरेलु हिंसा सम्बन्धिको कानुन बने पनि हिंसा प्रभाबितहरुका लागि कानुन प्रभाबित नहुनु ठुलो बिडम्बना भएको सभा सदस्य नेपालले बताईन् ।

स्थानियतहले मौलिक अधिकार संग रहेर स्थानिय जातजाती भाषाभाषीलाई समेट्ने गरी कार्यबिधि बनाएर कार्यान्वयन गर्नु पर्नेमा जोड दिईन् । उनले उचित निती नियम नभएका कारण हिंसा प्रभाबितले समयमा न्याय पाउन नसकेको बताउँदै सिमान्तकृत र अल्पसंख्यक समुदायहरुलाई लक्षित गरेर बिभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्न सकेमात्र लैगिंक हिंसालाई न्यूनिकरण गर्न सकिने दाबी गरिन् ।

यस्तै कपिलबस्तु नगरपालिकाका उप सचिव हरि प्रसाद ज्ञवालीले यस स्थानियतहले मौलिक अधिकार सम्बन्धिको कार्यबिधि बनाएर अगाडी बढ्ने बताए ।

यसैबिच वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे ,वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेल र जवाफ देही निगरानी समतीका संयोजक राम दयाल ठाकुरले मानव अधिकारको क्षेत्रमा लैगिंक हिंसा न्यूनिकरण गर्न अहोरात्र खटिएका अभियान्तालाई नगरपालिकाले सम्मान गरेकोमा शुभकामना दिंएका थिए । हिंसा उत्पती कहाँबाट भएको छ भन्ने कुरा पत्तालगाउन सके मात्र हिंसालाई न्यूनिकरण गर्न सकिने उनिहरुले बताए ।

सिद्धार्थ सामाजिक बिकास केन्द्रका सदस्य त्रिलोचन घिमिरेले लैगिंक हिंसालाई न्यूनिकरण गर्नका लागि योगदान पु¥याउने अधिकारको क्षेत्रमा काम गर्दै आएका अभियान्ताहरुलाई धन्यबाद दिंदै हिंसा प्रभाबित महिलाहरुलाई सहयोग गर्न थप प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

अन्तराष्ट्रिय लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा कपिलबस्तु नगरपालिका अन्तरर्गत हिंसा न्युनिकरण गर्नकालागि अभियानमा उल्लेखनिय योगदान पु¥याएको भन्दै उत्कृष्ट कार्यको उच्च मुल्यांकन गर्दै नगरपालिकाले १६ जनालाई कदरपत्र र दोसल्लाहले सम्मान गरेको थियो । सम्मानित बरिष्ठ महिला अधिकारकर्मी माधुरी श्रेष्ठले उच्च मूल्यांकन गरी सम्मान गरेकोमा आयोजकलाई धन्यबाद दिएकी थिईन् ।

माहुरी होमका कर्मचारी बसन्त बञ्जाडेले मानव अधिकारको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ता साव को अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य , वडा अध्यक्षहरु , ईन्सेक प्रतिनिधि , बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु र अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नगरपालिकाका सल्लाहकार सुरेन्द्रराज लम्सालको स्वागत तथा सामाजिक बिकास अधिकृत पदम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कपिलबस्तु नगरपालिकाको आयोजना तथा मधेश मानव अधिकार गृह माहुरी होम , सहज परियोजना , ईन्सेक , युकेएआईडी , युएनएफपीए र जबाफदेही निगरानी समिती लगाएतका संस्थाहरुको सहकार्यमा कपिलबस्तुको तौलिहवामा सो कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार ०२:४२