
लुदअ कपिलवस्तु, मंसिर २९
“धर्म साझा, राष्ट्र साझा, राजा साझा” भन्ने मुल नाराका साथ आज बृहत -याली सुरु भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार कपिलवस्तुवासी जनताको आयोजनामा राजनीतिक अस्थिरतासँगै विदेशी चलखेल बढिरहेकोले राष्ट्रिय अखण्डताको संरक्षण गर्न आवश्यक रहेको भन्दै बृहत -याली सुरु भएको प्रदर्शनका संयोजक तथा शिवसेना कपिलवस्तुका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिएका छन् ।
-यालीमा शिवसेना कपिलवस्तुका केन्द्रिय अध्यक्ष अनिल बाबा बस्नेत पनि उपस्थित भएका छन् ।
राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डता संकटमा परेकोले देश र धर्म माथि कालो बादल मडारिएका कारण स्वाभिमान राष्ट्रवादी ‘कपिलवस्तुवासी जनता’ द्धारा बुद्ध रंगशाला चारनम्ब जितपुर कपिलवस्तुबाट मोटरसाईकल तथा कार -याली निस्किएको बताईएको छ ।
संयोजक भिष्मराज ढुंगानाले देशमा राष्ट्रियता जोखिममा परेको, भ्रष्टाचार मौलाएको, विदेशी चलखेल बढिरहेको, सर्वसाधारणका सपना दविएका कारण अब राजसंस्थाको विकल्प नभएको दावी गरे । उनले गणतन्त्र र भ्रष्टाचार विरुद्ध एक होऔँ, हिन्दु अधिराज्य राजसंस्था फर्काउन सहभागीका लागि को उनले स्वतः स्फुर्त रुपमा -याली गरिएको बताए ।