Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ । विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ । प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम […]

Arv

l

कपिलवस्तु कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी : शौचालय र खानेपानीको समस्या

लुदअ कपिलवस्तु, पुस ८
कारागार कार्यालय कपिलबस्तुमा क्षमता भन्दा बढी कैदीबन्दी रहदा शौचालय र शुद्ध खानेपानीको समस्या रहेको छ । कैदीबन्दीका लागि आवश्यकता अनुसार शौचालय र प्रशस्त खानेपानी नहुदा धेरै समस्या खेप्नु परेको कारागार कार्यालयले जनाएको छ । कारागारको ब्लक १ र ब्लक २ मा जम्मा १८ वटा शौचालयहरु रहेका छन् भने खानेपानी को धाराहरु पनि कमै छन् । कैदी बन्दीहरुलाई पीउने पानी भर्दा , सौचालय जानु पर्दा, नुहाउँदा , कपडाहरु धुँदा लाईनमा बसेर पालो कुर्नु पर्ने बाध्यता छ ।

३ सय ५२ जनाको क्षमता रहेको जिल्ला कारागार कार्यालयमा २ सय ४९ जना कैैदी र १ सय ३ जना थुनुवा गरी ३ सय ९७ जना छन् । यस कारागारमा महिला र बालबालिका थुनुवा बन्दी छैनन् । ६० वर्ष भन्दा माथिका ६ जना र ७० बर्ष माथिका ५ जना जेष्ठ नागरिकहरुले सजाय भोगिरहेका छन् । मानसिक रोगीका भने खासै बिरामीहरु छैनन् । क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता छ ।

दिर्घरोगका कैदी तथा बन्दीहरूलाई उपचार, तथा रेखदेखकालागी एक जना सिनियर अहेवको दरबन्दी रहेको हुँदा सामान्य उपचार कारागार कार्यालय भित्रै हुन्छ । गम्भीर खालका रोग लागेका कैदीबन्दीलाई प्र्रशासनको सिफारिसमा कारागार कार्यालय जगन्नाथदेवल तथा कारागार कार्यालय नख्खुमा स्थानान्तरण गरी उपचारका लागि पठाउने गरिएको जेलर राकेश पाण्डेले बताए ।

जिल्लामा थुप्रै मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुको संजाल भए पनि कैदीबन्दीको अवस्था एवं समस्या बुझी सहयोग गर्न कोही नआएको जेलर पाण्डेले बताए । थुनुवा तथा कैदीहरूको अधिकारका विषयमा सरकारले दिने सेवा त छ , तर कोरोना महामारी र बढदो महंगीले पारेको चपेटामा कसैबाट उनिहरुलाई सहयोग नआएको गुनासो छ ।

यती मात्र होईन उनिहरुलाई दैनिकी बिताउनका लागि प्रयाप्त मात्रामा खेलकुदका सामाग्रीहरु छैनन्, ज्ञानगुनका कितावहरु छैनन्, नयाँ खालका उपन्यासहरु उपलब्ध भए केही नयाँ कुराहरु पनि सिक्ने थियौ र समय पनि बिताउन सहज हुने कैदीबन्दीका नाईके तथा चौकीदार बताउँछन् । पहिला प्रत्येक हप्ताको दुई दिन आफन्तहरुसंग भेटघाट हुन्थ्यो, कोभिड १९ का कारण लकडाउन भए पश्चात आफन्तहरुसंग भेटघाट हुन पनि बन्द छ । समयपास गर्नकालागि क्यारमबोर्ड , लुडो , चेसका खेलकुद सामाग्रीहरु छन् । मनोरञ्जनकालागि टिभी छ , अध्ययन गर्नकालागि पुस्तकालय छ तर पुस्तकालयमा सधै पढि रहेका मात्र कितावहरु छन् । बिभिन्न लेखकहरुका कितावहरु र नयाँ नयाँ उपन्यासहरु उपलब्ध गराईदिन कैदीबन्दीहरुले आग्रह गरेका छन् ।

कारागारको अवस्थालाई सुधार गर्नकालागि नियमित पहल भैरहनुका साथै कारागार ब्यबस्थापन बिभागसंग समन्वय गरी यस कार्यालयको समस्याहरु जाहेर गरिएको छ । यस कार्यालयको मुख्य समस्या भनेको क्षमता भन्दा बढी कैदी बन्दी हुनु , ३ सय ५२ जनाको क्षमता रहेको कारागारमा ३ सय ९७ जनालाई राख्न बाध्य हुनु , प्रयाप्त मात्रामा खानेपानीको सुबिधा नहुनु , सौचालयका लागि लाईन लाग्नु पर्ने भएको हुँदा कैदी बन्दीहरुलाई समस्या भएको कारागार प्रशासनको भनाई छ ।

कोभिड १९ बाट ४ जनामा कोरोना संक्रमित पुष्टि भएकोमा ४ जना नै निको भए । नयाँ थुनुवाहरुलाई प्रबेश गराउँदा उनिहरुलाई राख्नकालागि छुट्टै क्वारेनटाईनको ब्यबस्था गरिएको छ । कसैमा पनि लक्षण नदेखिएको हुँदा कन्ट्रयाक ट्रेसिङ्गको आवश्यकता समेत नभएको सिनियर अहेव लेखनाथ पौडेल बताउछन् ।

कारागारबाट कैदीबन्दीलाई दिईने सुबिधाहरु प्रत्येक दिनको नगदी सिधा ६० रुपैंया र ७ सय ग्राम चामल उपलब्ध गराईएको छ । गर्मी तथा जाडोको समयमा मौसम अनुसारको कपडा र २ ÷२ बर्षमा सिरक , डसना र तन्ना कारागारको नियम अनुसार दिने गरिएको छ । कैदी र थुनुवाको समस्याहरुलाई संकलन गर्ने चौकिदार , नाईके र सह नाईकेलाई कारागार ऐन , कारागार नियमावली तथा कारागार ब्यबस्थापन कार्यबिधि अनुसार थप अतिरिक्त सुबिधाहरु दिएको छ ।

बन्दीहरुलाई समय कटाउन सजिलो होस भन्ने उद्देश्यले पुस्तकालय , ईन्डोर खेल खेल्ने ब्यबस्था गरिएको छ तथा प्रत्येक कोठामा टिभी जडान गरिएको छ । निरक्षर बन्दी तथा थुनुवाहरुलाई प्रौढ शिक्षा कार्यक्रम संचालन गर्ने तयारी भैरहेको छ । केही सिपमूलक तालिमहरु उपलब्ध गराउन सकिएमा एकातिर कैदीवंदीलाई नया सीप सिक्ने एवं ज्ञान निर्माण हुने अवसर मिल्थ्यो भने अर्कोतिर आयआर्जनको श्रोत समेत भइ जीवनयापन गर्न सहज हुने थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *