स्कटल्याण्डको फुटबल गतिविधि आगामी जुन दोस्रो सातासम्मको लागि स्थगित

ByLumbini Darpan Online

२८ चैत्र २०७६, शुक्रबार ०८:२९ २८ चैत्र २०७६, शुक्रबार ०८:२९ २८ चैत्र २०७६, शुक्रबार ०८:२९

लुदअ २८ चैत, एजेन्सी
स्कटल्याण्डले फुटबल गतिविधि आगामी जुन दोस्रो सातासम्मको लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको महामारीको कारण स्कटल्याण्डमा आगामी जुन १० सम्म फुटबल गतिविधि स्थगित गरिएको हो ।

यसअघि स्कटल्याण्डले अप्रिल ३० सम्म फुटबलका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो ।

तर, कोरोना भाइरसको महामारी नियन्त्रण भन्दा बाहिर जान थालेपछि प्रतियोगिता पुनः पछि धकेलिएको बीबीसीले जनाएको छ ।

कोरोनाको कारण मार्च १३ बाट स्कटल्याण्डमा फुटबल गतिविधि बन्द भएका हुन् ।

स्कटिस फुटबलका अध्यक्ष रोड पेट्रीले यस कदमले क्लब, खेलाडी, कर्मचारी र समर्थकको सुरक्षामा सहयोग पुग्ने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *