ताजा अपडेट

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रम लागू गरिने

लुम्बिनी दर्पण २०७८ जेष्ठ २५, मंगलवार ०९:२०
[sharethis-inline-buttons]

चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक छपाइ कार्यसमेत पूरा गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी नीतिअनुसार यस पटक चारवटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

अब असार १ देखि नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्न पाउनेछन् । सरकारले यस वर्षको शैक्षिक सत्र असार १ बाट प्रारम्भ गर्ने निर्णय गरिसकेको छ ।

यसपछि २०७९ सालको शैक्षिक सत्रमा तीनवटा कक्षाको पाठ्यक्रम परिवर्तन गरिनेछ । सोअनुसार कक्षा ४, ७ र ९ कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारी तयारी छ ।

त्यसैगरी २०८० सालको शैक्षिक सत्रमा कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरिने जानकारी प्रवक्ता भट्टराईले दिनुभयो । २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भइसक्ने जनाइएको छ ।

चरणबद्ध रूपमा चार वर्ष लगाएर विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरिने भएको हो । यसअघि सरकारले गत वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । कक्षा १२ को पाठ्यपुस्तक छपाइको काम भने पूरा हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले नयाँ पुस्तक छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाइएको छ ।

सरकारले हालसम्म कक्षा ८ सम्म रङ्गीन पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइसकेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ९ सम्मका विद्यार्थीलाई रङ्गीन पाठ्यपुस्तक वितरण गर्ने सरकारको तयारी छ ।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सार्वजनिक विद्यालयमा कक्षा ९ सम्म अध्ययन गर्ने बालबालिकालाई रङ्गीन पाठ्यपुस्तक छपाइ गरी शैक्षिक सत्र सुरु हुनुअगावै निःशुल्क वितरण गरिने उल्लेख छ ।


प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार ०९:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना
  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

भर्खरै

  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech