असार १,
काठमाण्डौ –
लगातारको वर्षाका कारण देशका धेरै ठाउँका नदी तथा खोलामा बाढी आएको छ । नारायणी, तिनाउ, गण्डकी नदीमा पानीको सतह लगातार बढ्दै गएको छ भने अन्य खोला तथा खोल्सामा पनि बाढी आएको छ ।
नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा पानीको बहाव ८ मिटरभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
वाग्मती, गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँका नदीमा बाढी आएको छ । यी प्रदेशमा आज राति पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ ।
यस्तै लगातारको वर्षाका कारण पहिरो जाँदा धेरै राजमार्ग ठप्प भएका छन् । पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ ।