
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाले जनाएको छ ।आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले लुम्विनी प्रदेश लगायत प्रदेश–१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक÷दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले बताउनुभयो । दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उहाँको भनाइ छ । आज दिउँसो लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताउनुभयो । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ । यस्तै मनसुन भित्रिएपछि आएको बाढी पहिरोमा परेर अहिलेसम्म १७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । यस्तै बाढी, पहिरो र डुबानमा परेर देशभर २२ जना हराइरहेका छन् । हराउनेमा सिन्धुपाल्चोक, जाजरकोट र बाजुराका धेरै रहेका गृह मन्त्रालयले जनाएको छ । यस्तै १ सय ४१ घर पूर्ण र ९९ वटा घरमा आंशिक क्षति पुगेको छ । आजसम्म १६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ । ४ सय भन्दा धेरै व्यक्तिको उद्धार गरिएको मन्त्रालयका सूचना अधिकारी खुमकान्त अधिकारीले जानकारी दिनभयो ।

