असार ८
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभाव र देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आज दिनभर देशभरको मौसम बदली छ । प्रदेश २‚ बागमती‚ लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा पनि भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
प्रकाशित : २०७८ असार ८, मंगलवार १३:४२
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech