लुम्बिनी प्रदेश सहित देशका अधिकांश स्थानहरुमा बर्षा

[sharethis-inline-buttons]

लुम्बिनी प्रदेश सहित देशका अधिकांश स्थानहरुमा बर्षा भैरहेको छ । लुम्बिनी प्रदेशका धेरै स्थानहरु हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । हाल देशको दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको छ । आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरेखोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसैविच बाढी र पहिरोका कारण बन्द भएका १२ वटा सडक अझै खुल्न सकेका छैनन् । मनसुन सुरु भएपछि आएको बाढी र पहिरोका कारण देशभरका १२ वटा सडक पूर्ण रूपमा बन्द छन् । २८ वटा सडक आंशिक अर्थात् एकतर्फी सञ्चालनमा छन् । अहिले १६ वटा सडक भने नियमित सञ्चालन भैरहेका छन् ।


प्रकाशित : २०७८ असार १०, बिहीबार ०६:०७